वीरगन्जमा एक करोड रुपैयाँ बराबरको सामानसहितको ट्रक प्रहरी नियन्त्रणमा

वीरगन्जमा एक करोड रुपैयाँ बराबरको सामानसहितको ट्रक प्रहरी नियन्त्रणमा
सुन्नुहोस्

वीरगन्ज : वीरगन्जबाट प्रहरीले करिब १ करोड रुपैयाँ बराबरको सामानसहितको एउटा ट्रक नियन्त्रणमा लिएको छ। बिल भन्दा बढी औषधी तथा खुद्रा सामानहरू लोड गरेर वीरगन्जबाट पोखरा जाँदै गरेको ट्रक प्रहरीले बुधबार राति वीरगन्ज महानगरपालिका-१४ बाट नियन्त्रणमा लिएको जनाएको हो।

पोखरा जाँदै गरेको ना.३ ख ५५७६ नम्बरको उक्त ट्रक वीरगन्जको गण्डक चोकमा रोकेर प्रहरीले चेकजाँच गरेको थियो। त्यस क्रममा ट्रकमा बिलविजकभन्दा बढी मालबस्तु लोड रहेको र बिल पनि शंकास्पद देखिएपछि सामानसहितको उक्त ट्रक नियन्त्रणमा लिइएको पर्साका प्रहरी उपरीक्षक कोमल विक्रम शाहले बताए।  

९९ लाख ६९ हजार बराबर रुपैयाँको मालबस्तुसहित उक्त ट्रक थप अनुसन्धान तथा कारबाहीको लागि बाराको पथलैयास्थित राजश्व अनुसन्धान कार्यालयमा बुझाइएको प्रहरी उपरीक्षक शाहले जानकारी दिए।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.