सिर्सिया नदीमा छठसम्म प्रदूषण नगर्ने उद्योगीहरुको प्रतिबद्धता

सिर्सिया नदीमा छठसम्म प्रदूषण नगर्ने उद्योगीहरुको प्रतिबद्धता
वीरगन्ज उद्योग वाणिज्य संघमा बिहीबार बसेको सिर्सिया नदी प्रदूषण गर्ने उद्योगका सञ्चालकहरु।
सुन्नुहोस्

वीरगन्ज : वीरगन्जको सिर्सिया नदीलाई प्रदूषित गर्दै आएका उद्योगीहरुले छठ पर्वसम्म नदीमा प्रदूषण नगर्ने प्रतिबद्धता जनाएका छन्। वीरगन्ज उद्योग वाणिज्य संघको अग्रसरतामा बिहीबार बसेको सरोकारवाला उद्योगीहरुको बैठकमा उद्योगका सञ्चालकहरुले आगामी दीपावलीदेखि छठ पर्वसम्म सिर्सिया नदीमा प्रदु्षण र फोहोर पानी  विर्सजन नगर्ने प्रतिबतद्धता जनाएका हुन्।

बैठकमा मरियम लेदर इण्डष्ट्रिज, नारायणी लेदर इण्डष्ट्रिज, शिवशक्ति घ्यू उद्योग, अन्नपूर्णा भेजिटेबल प्रोडक्ट्स, नेपाल लेदर इण्डष्ट्रिज, ग्लोबल लेदर इण्डष्ट्रिज, मारुती पेयर मिल्स, दुर्गा पल्पस इण्डष्ट्रिज लगायत अन्य उद्योगका सञ्चालकहरुको सहभागिता थियो।

बैठकमा उद्योगीहरुले सिर्सिया नदीमा दीपावलीदेखि छठ पर्वसम्म उद्योगहरुले सफा पानी प्रवाहित गर्ने प्रतिबद्धता समेत जनाएका संघका अध्यक्ष अनिल अग्रवालले जानकारी गराए। छठ पर्व बितेपछि लगतै फेरि सरोकारवाला उद्योगहरुको उपस्थितिमा पुनः वृहत बैठकको आयोजना गरी सिर्सिया नदीलाई प्रदूषण मुक्त बनाउन ठोस कार्य योजना सहित अगाडि बढ्ने र त्यसको पहल संघले गर्ने अध्यक्ष अग्रवालले बताए। 

छठसम्म मात्र नदीमा प्रदूषण नगर्ने प्रतिबद्धता किन ? अनि त्यसपछि फेरि प्रदूषण गरिरहने हो ? भन्ने प्रश्नमा अध्यक्ष अग्रवालले भने, ‘अहिलेलाई छठ नजिकै आइसकेकाले यस्तो प्रतिबद्धता उद्योगीहरुले जनाएका हुन्। छठलगत्तै फेरि वृहत बैठक बसेर नदीलाई  दीर्घकालसम्म कसरी सफा र स्वच्छ राख्न सकिन्छ भन्ने विषयमा ठोस कार्ययोजना बनाउँछौं।’ 

संघका अध्यक्ष अग्रवालकै अध्यक्षतामा बसेको बैठकमा संघका वरिष्ठ उपाध्यक्ष हरि गौतम, महासचिव आशीष लाठ, कोषाध्यक्ष शिवजी साहका साथै उद्योगीहरुको सहभागिता थियो। 

वीरगन्जको लाइफ लाइनका रुपमा रहेको सिर्सिया नदी विगत तीन दशकदेखि प्रदूषणको सिकार बन्दै आएको छ। पर्सा–बारा औद्योगिक कोरिडोरमा रहेकामध्ये करिब ४५ उद्योगहरुले उद्योगबाट निस्कने फोहोरजन्य पदार्थ र रसायनयुक्त फोहोर पानी सिधै नदीमा विसर्जन गर्दै आएका कारण नदी प्रदुषित बनेको हो। 

नदीलाई प्रदूषणमुक्त बनाउने अभियान थालेको वीरगन्ज महानगरपालिकाले पाँच वटा उद्योगहरुलाई जनही तीन/तीन लाख रुपैयाँका दरले जरिवाना गर्दासमेत उद्योगहरुले नदीमा फोहोर र प्रदुषित पानी फाल्दै आएका थिए।

अघिल्लो महिनामात्रै वीरगन्ज महानगरपालिकाले आर्थिक जरिवाना गर्दासमेत उद्योगहरुले अटेर गर्दै आएकाले अब नदी प्रदुषित गर्ने उद्योग शील गर्ने चेतावनीसमेत दिएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.