कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र मलेसियाको सनवे मेडिकल ग्रुपबीच समझदारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र मलेसियाको सनवे मेडिकल ग्रुपबीच समझदारी
सुन्नुहोस्

बीरेन्द्रनगर : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र मलेसियाको सनवे मेडिकल ग्रुपबीच सम्झौता भएको छ। सम्झौताले ती दुई स्वास्थ्य सेवा प्रदायक संस्थामा कार्यरत जनशक्तिबीच सहकार्य हुने भएको छ। मलेसियामा आयोजित कार्यक्रममा प्रतिष्ठानका तर्फबाट उपकुलपति डा. मङ्गल रावल र सेन्टरका तर्फबाट अध्यक्ष डा. लाउ बेन लोङ्गले सम्झौतामा हस्ताक्षर गरेका हुन्। 

सम्झौता गर्न आयोजित बैठकमा मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले नेपालको दुर्गम जिल्लामा स्थापित प्रतिष्ठानका लागि मलेसियाको सुविधा सम्पन्न मेडिकल सेन्टरबीचको सहकार्यले ठूलो सहयोग पुग्ने बताए। 

स्वास्थ्य सेवा, अनुसन्धान र शैक्षिक कार्यक्रमका विषयमा आपसी सहकार्य गर्नका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र मलेसियास्थित सनवे मेडिकल ग्रुपबीच समझदारी भएको हो। 

प्रतिष्ठानका उपकुलपति डा. रावलले भने, 'विशेषगरी उपचार सेवा, शैक्षिक अनुसन्धान र शैक्षिक कार्यक्रमका लागि सहयोग आदान प्रदान गर्ने सहमति भएको छ।
खासगरी हाम्रा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई फेलोसिप, तालिम, तथा सिकाइमा सनवेले सहयोग गर्नेछ। हामीले पनि उनीहरूका लागि केही अवसरहरू उपलब्ध गराउन सक्छौँ। हाम्रो उद्देश्य कर्णालीमा उत्कृष्ठ स्वास्थ्य सेवा र दक्ष जनशक्ति उत्पादन गर्ने हो। त्यसका लागि विश्वका विभिन्न देश र संस्थासँग हामीले सहकार्य गर्ने नीति लिएका छौँ।'

उनले यो समझदारीलाई अन्तर्राष्ट्रिय सहयोग र सहकार्यमा महत्वपूर्ण कदम भएको बताए। उनले उच्चतम प्रविधिको आदान प्रदानले मेडिकल कलेज विकासमा सहयोग पुग्नुका साथै प्रतिष्ठानका जनशक्ति र मलेसियाका जनशक्तिबीच एक आपसमा सहकार्यको हुनेछ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.