जाजरकोट केन्द्रविन्दु भएर लगातार ५ वटा भूकम्प
काठमाडौं : राष्ट्रिय भूकम्प मापन केन्द्रले जाजरकोट केन्द्रविन्दु भएर लगातार ५ वटा भूकम्प गएको जनाएको छ। केन्द्रका अनुसार गए राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोट केन्द्रबिन्दु भएर ६.४ रेक्टरको भूकम्प गएको हो। त्यसपश्चात लगातार ४ वटा भूकम्पको पराकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ४:१६ बजेमा ४.६ रेक्टर स्केल, १२:३५ बजेमा ४.३ रेक्टर स्केल, १२:२९ बजेमा ४.२ रेक्टर स्केल, १२:०८ बजेमा ४.५ रेक्टर स्केलका भूकम्प गएका हुन्। ४ रेक्टरभन्दा मुनिका भूकम्पका पराकम्प गएपनि त्यसको रेकर्ड भने वेवसाइटमा सार्वजनिक छैन।
जाजरकोट र रुकुममा भूकम्पले ठूलो मानविय र भौतिक क्षति गरेको छ। भूकम्पमा परी हालसम्म जाजरकोट र रुकुममा गरी हालसम्म १ सय २८ जनाको मृत्यु भएको छ।