भूकम्प प्रभावित क्षेत्र गयो दैलेख अस्पतालका डाक्टरको टोली

भूकम्प प्रभावित क्षेत्र गयो दैलेख अस्पतालका डाक्टरको टोली
दैलेखबाट भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको मेडिकल टोली । तस्बिर : हिक्मतबहादुर नेपाली
सुन्नुहोस्

दैलेख : जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पमा परि घाइते भएकाहरुको उद्धार तथा स्वास्थ्य उपचारका लागि दैलेख जिल्ला अस्पतालको मेडिकल टोली भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको छ । दैलेख जिल्ला अस्पतालका प्रमुख डा. धर्मराज रेग्मीसहित स्वास्थ्यकर्मीको टोली भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको हो । 

एउटा एम्बुलेन्ससहितको टोलीमा डा. रेग्मीसहित चार जना डाक्टर र अन्य स्वास्थ्यकर्मी छन् । भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा उद्धार तथा स्वास्थ्य उपचारका लागि एम्बुलेन्ससहितको मेडिकल टोली दैलेख अस्पतालबाट जाजरकोटतर्फ हिडेको डा. रेग्मीले बताए । टोलीमा प्रतिनीधिसभा सदस्य अम्मरबहादुर थापा समेत छन् ।

भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिमको जनजीवन प्रभावित भएको छ । गएराति ११ : ४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.