एलिनाको इन्जिनियर बन्ने सपना अधुरै

एलिनाको इन्जिनियर बन्ने सपना अधुरै
सुन्नुहोस्

जाजरकोट : शुक्रबार मध्यरातमा जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा दैलेख घर भएकी एलिना भण्डारीको पनि निधन भएको छ। उनी जाजरकोटको नापी कार्यालयमा अमिन पदमा कार्यरत थिइन्। भण्डारी दैलेखको दुल्लु नगरपालिका—६ छिउडीपुसाकोट निवासी हुन्। उनी सुर्खेतको अमरज्योति माविमा तीन वर्षे जियोमेटिक इन्जिनियरिङ पाँचौं सेमेस्टरकी विद्यार्थी थिइन्।

तर, उनको इन्जिनियर बन्ने सपना अधुरै भएको छ। चौथो सेमेस्टरसम्म नियमित कक्षामा उपस्थित भएर अध्ययन गरिरहेकी उनी गत वर्ष भदौमा मात्र लोकसेवा आयोगबाट नापी कार्यालय जाजरकोटमा अमिनमा सिफारिस भएकी थिइन्। उनले पहिलो प्रयासमै अमिनमा नाम निकालेकी थिइन्। पढाइसँगै सरकारी जागिरलाई एकसाथ अगाडि बढाउँदै लगेकी भण्डारी शुक्रबार राति सदाका लागि अस्ताइन्।

२०७९ भदौमा उनी सरकारी सेवा प्रवेश गरेकी थिइन्। ‘सरकारी सेवामा प्रवेश गरेको एक वर्ष पुरा भएको थियो’ एलिनाका अंकल किरण भण्डारीले भने, ‘निकै संघर्ष गरेर अध्ययन पूरा गरेकी थिइन्, सरकारी जागिरे भएर भविष्य उज्ज्वल देखेकी एलिनाको सपना अधुरै रह्यो, अब्बल राष्ट्रसेवक भएर सेवा गर्ने उनको इच्छा अधुरो रह्यो।’ उनीसँगै उनका भाइ प्रज्वल शाहीको पनि भूकम्पमा परी ज्यान गएको छ।

एलिना र उनका भाइ नापी कार्यालयको क्वाटरमा बस्दै आएका थिए। कार्यालय नै भूकम्पले भत्काउँदा उनीसँगै उनका भाइको मृत्यु भएको हो। उनले दशैं मनाएर भाइलाई आफ्नो साथमा जाजरकोट लगेकी थिइन्। एलिना र प्रज्ज्वल एकै घरका दिदीभाइ भने होइनन्। उनीहरू फरक/फरक बाबुका तर एकै आमाका सन्तान हुन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.