संकटा क्लब वीरगन्ज गोल्डकप फुटबलको सेमिफाइनलमा

संकटा क्लब वीरगन्ज गोल्डकप फुटबलको सेमिफाइनलमा

वीरगन्ज : संकटा क्ल‘प्रथम वीरगन्ज गोल्डकप फुटबल’को सेमिफाइनलमा प्रवेश गरेको छ। आदर्शनगर रंगशालामा आइतबार भएको खेलमा चर्च ब्वाइज युनाइटेडलाई ४-० गोलले सहजै पाखा लगाउँदै संकटाले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।

संकटाको जितमा विदेशी खेलाडी फोफानो फोडेले दुई तथा समिर राई र कप्तान गणेश हमालले समान एक एक गोल गरेका हुन्। पहिलो हाफमा १-० गोलले अग्रता बनाएको संकटाले दोस्रो हाफमा तीन गोल थपेर नतिजा ४-० ले आफ्नो पक्षमा पारेको हो। खेल सुरु भएको २४ औं मिनेटमा संकटाका लागि पहिलो गोल गर्दै राईले सुरुवाती अग्रता दिलाएका थिए।

७६ औं मिनेटमा पाएको कर्नर किकलाई संकटाका कप्तान हमालले सदुपयोग गर्दै आफ्नो टिमको अग्रता दोब्बर बनाए। यस्तै ७९ र ८७ औ मिनेटमा लगातार दुई गोल गर्दै फोडेले संकटाको सहज जीत सुनिश्चित गरे।

संकटाका लागि दुई गोल गरेका फोडे नै आइतबार भएको खेलको म्यान अफ दी म्याच घोषित भए। उनले नगद १० हजार रुपैयाँ पुरस्कार पनि हात पारे। 

अब फाइनल प्रवेशका लागि संकटाले झापा एफसी र त्रिभुवन आर्मी फुटबल क्लबबीच मंगलबार हुने खेलको विजेता टिमको सामना गर्नेछ। प्रतियोगितामा सोमबारको खेल नेपाल पुलिस क्लब र भारत कोलकताको क्लाइभ हाउस डमडमबीच हुनेछ। 

यसअघि शनिबार भएको उद्घाटन खेलमा भारत दिल्लीको गढ्वाल डायमण्ड एफ।सी।लाई टाइबेकरमा ३–१ ले पराजित गर्दै आयोजक भेट्रान सिटी क्लब वीरगन्जले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ।

मधेस प्रदेशकै सबैभन्दा उच्च धनराशीको यो प्रतियोगिता कार्तिक २५ गतेसम्म चल्ने छ। प्रतियोगितामा नेपालका ६ र भारतका दुई गरी कूल आठ टिम सहभागी छन्।

वीरगन्ज महानगरपालिकाको मुख्य प्रायोजनमा आयोजित प्रतियोगिताको उपाधि उपविजेता टिमलाई नगद ११ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेता टिमलाई नगद ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्रदान गरिने प्रतियोगिताका प्रेस संयोजक तिवारी यादवले जानकारी दिए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.