जिरी च्याम्पियनसिपको उपाधि भरतपुरलाई
दोलखा : दोलखाको जिरीमा आयोजना भएको जिरी च्याम्पियनसिप-२०८० को खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि चितवनको भरतपुर नगरपालिकाले हात पारेको छ।
प्रतियोगितामा मकवारपुरको थाहा नगरपालिका द्वितीय, रामेछापको गोकुलगंगा गाउँपालिका तृतीय र रामेछापकै लिखु तामाकोशी गाउँपालिका सान्त्वना भएको छ।
प्रतियोगितामा प्रथम हुनेले एक लाख ५१ हजार, द्वितीयले एक लाख एक हजार, तृतीय हुनेले ५१ हजार तथा सान्त्वना हुनेले २५ हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजक युवा सञ्जाल जिरीले जनाएको छ।