भूकम्प पीडितका लागि स्याङ्जा कांग्रेसले साढे १० लाख सहयोग गर्ने

भूकम्प पीडितका लागि स्याङ्जा कांग्रेसले साढे १० लाख सहयोग गर्ने
सुन्नुहोस्

स्याङ्जा : नेपाली कांग्रेस स्याङ्जाले भूकम्प पीडित परिवारका लागि साढे १० लाखभन्दा बढीको आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। 

जाजरकोटको रामीडाँढा केन्द्रविन्दु भएर गएको भूकम्प पीडितहरुको पुनर्स्थापना, राहत लगायतका कार्यका लागि आर्थिक सहयोग गर्ने भएको हो। 

आइतबार कार्यालयमा बसेको कार्यसमिति पदाधिकारीको बैठकले जिल्लाभरका क्रियाशील सदस्यबाट जनही ५० रुपैयाँ संकलन गर्दा संकलित रकम १० लाख ५६ हजार १५० रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेको स्याङ्जा सभापति राजु थापाले जानकारी दिए। 

जिल्लाभरका २१ हजार १२३ जना क्रियाशील सदस्यबाट जनही ५० रुपैयाँ संकलन गरेर उपलब्ध गराउने जनाएको छ। यो रकम न्यूनतम हो। यसमा थप हुन सक्ने सहसचिव धु्रवबन्धु पौडेलको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.