जाजरकोट भूकम्प 

मलेसियाबाट फर्किएर तीन छोराछोरीसहित श्रीमतीको अन्तिम दाहसंस्कार गरेका उदय

मलेसियाबाट फर्किएर तीन छोराछोरीसहित श्रीमतीको अन्तिम दाहसंस्कार गरेका उदय
छोराछोरीको अन्तिम दाहसंस्कारका क्रममा भावविह्विल उदय। तस्बिर : अभिशेक महर्जन

जाजरकोट : भेरि नगरपालिका- १ जाजरकोटका ४० वर्षीय उदय विक भूकम्प गएको चार दिनपछि मलेसियाबाट घर फर्किएका छन्। जाजरकोट स्थित रावत गाउँका उनी गत वर्ष कार्तिकमा वैदेशिक रोजगारीको लागि मलेसिया गएका थिए। 

मलेसियामा नै उनले गत शुक्रबार राती आएको भूकम्पले आफ्नो घरमा क्षति भएको थाहा पाए। घरबाट फोन गरेर छिटो फर्किन भने। उनलाई नराम्रो घटना भएको आभाश भइसकेको थियो। फर्किएपछि मात्र उनले भूकम्पमा परी तीन छोराछोरी र श्रीमती गुमाएको थाहा पाए। जाजरकोट केन्द्रबिन्दु भएर कार्तिक-१७ गते गएको भूकम्पमा उनका परिवारका ६ सदस्यको मृत्यु भएको छ।

nullभूकम्पमा उनले पत्नी, दुई छोरी र एक छोरा, भाइकी एक छोरी र भान्जी गुमाएका छन्। ३० वर्षीया पत्नी जानु सूनार,१३ र ८ वर्षीया छोरीहरु सर्मिला विक र अञ्जली विक र ४ वर्षीय छोरा उज्जवल विकको मृत्यु भएको हो।  त्यस्तै माइला भाइ मोहनबहादुर विककी छोरी ११ वर्षीया निरूताको पनि भूकम्पमा परी मृत्यु भएको छ।

भूकम्प गएको चार दिनपछि विक घर पुगेका थिए। त्यसपछि उनले  परिवारका सदस्यको अन्तिम संस्कार गरेका हुन्। छोराछोरीको शव भने गाडीएको हो।

 विक छोराछोरी र श्रीमतीको अन्तिम विदाइमा आफूलाई सम्हाल्न सकेका थिएनन्।

आफ्ना तीन छोराछोरी शव गाड्दा भावविह्वल हुँदै भने, 'मेरो मुटुको टुक्राहरुको भविष्य बनाउन लाग्दा यता उनीहरुले ज्यान नै गुमाए।  मलाई सबैले एक्लै छाडेर गए। मेरा मु्टुका टुक्राहरु फेरि अर्को राम्रो ठाउँमा जन्म लिउनू।' 

nullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnull


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.