भूतखोलमा डुबेर एकजनाको मृत्यु

भूतखोलमा डुबेर एकजनाको मृत्यु
सांकेतिक तस्बिर।
सुन्नुहोस्

तानसेन : रुपन्देहीबाट पाल्पा घुम्न आएका २२ वर्षीय बिमल आचार्यको तिनाउ गाउँपालिका-३ भूतखोलमा डुबेर मृत्यु भएको छ। आज बिहान रुपन्देहीबाट घुम्न आएका सिद्धार्थनगर नगरपालिका–९ का आचार्य तिनाउ गाउँपालिका–३ भूतखोलामा घुम्न गएका थिए। 

भूतखोलामा डुबेका आचार्यलाई प्रहरी चौकी दोभानबाट खटिएको प्रहरी टोलीले तत्काल उद्धार गरी उपचारका लागि बुटवल हस्पिटल पठाएकोमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए।

आचार्यसँग सोही ठाउँकी २६ वर्षीया युना दाहाल पनि गएकी थिइन्। उनी पनि अचानक खोलामा डुब्न पुगेकी थिइन्। दाहालको भने बुटवल अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था मध्यम रहेको बुझिएको छ। घटानको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.