बाजुरा केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको भूकम्प
काठमाडौं : बाजुरामा ४ रेक्टरस्केलको भूकम्प गएको छ। मंगलबार दिउँसो १२ बजेर ५८ मिनेटमा हिमाली गाउँपालिकाको रया केन्द्रविन्दु भइ भूकम्प गएको हो।
भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार चार रेक्टरस्केलको भूकम्प गएको हो ।
कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भइ ६ दशमलव ४ रेक्टरस्केलको भूकम्पपछि लगातार परकम्प गइरहेका छन् ।