प्रदेश संरचनाबेगर संविधानको औचित्य छैन : एमाले नेता गुरुङ

प्रदेश संरचनाबेगर संविधानको औचित्य छैन : एमाले नेता गुरुङ
सुन्नुहोस्

उदयपुर : नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा वैचारिक नेता पर्शुमेघी गुरुङले प्रदेश संरचना बेगर  संविधानको औचित्य नरहने बताएका छन्। 

नेकपा एमाले जिल्ला कमिटी उदयपुरले आयोजना गरेको शुभकामना आदानप्रदान तथा कोसी प्रदेश कमिटीका निर्वाचित सदस्यहरूलाई बधाई तथा सम्मान कार्यक्रममा बोल्दै उनले संघीयताको रक्षा र कार्यान्वयनमा जुटन नेता कार्यकर्तालाई आग्रह गरे। ‘पछिल्लो समय कम्युनिष्ट नेताहरुबाटै प्रदेश संरचनाको खारेजीको आवाज भित्रभित्रै उठिरहेको छ। यो विचारको खडेरी हो। त्यसैले संविधान र संघीयताविरुद्धमा तपाईँ कार्यकर्ताले बोल्दा दसपटक अध्ययन गरेरमात्र बोल्नुस, यसलाई हल्का ढंगले नलिनुस,' उनले भने।

संघीयता खारेजी गर्नु भनेको संविधान खारेजी गर्नु रहेको बताउँदै उनले प्रदेश संरचना र संविधानबीचको अन्तरसम्बन्ध बुझ्न आग्रह गरे। 

त्यस्तै पोलिटव्युरो सदस्य घनश्याम खतिवडाले पार्टीभित्र दक्षिणपन्थी अवसरवाद र सांगठानिक अराजकता मौलाउँदै गएकाले यसको अन्त्यका लागि प्रदेश कमिटीले अभियान सञ्चालन गर्ने बताए। उनले भने, ‘पार्टीको संरचनाभित्र बस्ने, सबै गतिविधिमा संम्लग्न रहने, तर पार्टीको अन्तिम लक्ष्य निर्वाचनमा पुग्दा आफुले टिकट नपाएपछि अन्तरघात गर्ने जुन संस्कार भित्रिएको छ, त्यसको समुल अन्त्य गर्न चाहान्छौं,' उनले भने। खतिवडाले सिद्धान्तलाई व्यवहारमा कार्यान्वयन, अध्ययनलाई प्रयोग, सिपलाई सिर्जना र श्रमलाई उत्पादनसँग जोडन सकेमात्र एमालेको परिकल्पना सुखी नेपाली र समृद्ध नेपालको लक्ष्य पूरा हुने बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.