सरकारविरुद्धका षड्यन्त्रलाई तोड्छौं, कांग्रेससँग सहकार्य हुन सक्दैन : पौडेल

सरकारविरुद्धका षड्यन्त्रलाई तोड्छौं, कांग्रेससँग सहकार्य हुन सक्दैन : पौडेल
सुन्नुहोस्

रामेछाप : नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सरकारविरुद्धका षडयन्त्रलाई एक एक गरेर तोडेर अघि बढ्ने बताएका छन्। नेकपा (एमाले) रामेछापको नवौं जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमलाई मन्थलीमा सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले वर्तमान सत्ता समीकरणबाट जनतामा आशा जगाउने काम गरिरहेको बताएका हुन्। 

‘यो सरकार भत्काउनका लागि विभिन्न कोसिस भइरहेको छ। सरकार विरुद्धका षडयन्त्रलाई एक एक गरेर तोडेर अघि बढ्छौं।’उनले भने,‘यो सरकार २०८४  सम्म रहन्छ, कसैले यो सरकार ढाल्न सक्दैन, यसको विकल्पमा अर्को सरकार बन्न सक्दैन। ’

उनले एमाले कमजोर भयो भने देश पनि कमजोर हुने स्पष्ट पारे। एमाले एकल बहुमतसहित सरकार बनाउने स्थानमा पुगे मात्रै संविधानको रक्षा र संविधानले निर्दिष्ट गरेको दिशामा देशलाई अघि बढाउन सकिने दाबी गरे।

कांग्रेससँग सहकार्य हुन सक्दैन

उपाध्यक्ष पौडेलले कांग्रेससँग सहकार्य हुन नसक्ने स्पष्ट पारे। कांग्रेस र एमालेको एजेण्डा नमिल्ने भएकाले सहकार्य नहुने धारणा राखे। पौडेलले भने,‘दुई प्रमुख पार्टी मिलेर सरकार बनाउँदा लोकतन्त्र कमजोर हुन्छ, कांग्रेसले पनि प्रतिपक्षमा बसेर सिकोस्।’

आगामी निर्वाचनपछि नेपाली कांग्रेस कमजोर प्रतिपक्षको भूमिकामा सीमित हुने पौडेलले दाबी गरे। पौडेलले एमालेको भविष्य सिङ्गो राष्ट्रको भविष्यसँग जोडिएको उल्लेख गरे। उनले एमालेलाई भित्तोमा पुर्‍याउने र माटोमा मिलाउने उद्घोषका साथ आक्रमण गरिएको भएपनि एमालेले त्यसलाई पराजित गरेको बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.