नवलपुर र स्याङ्जा बागलुङ कपको सेमिफाइनलमा

नवलपुर र स्याङ्जा बागलुङ कपको सेमिफाइनलमा
सुन्नुहोस्

बागलुङ : बागलुङमा जारी प्रदेशस्तरीय बागलुङ कप टी-२० क्रिकेट प्रतियोगितामा नवलपुर र स्याङ्जा सेमिफाइनलमा प्रवेश गरेका छन्। मंगलबार नवलपुरले तनहुँलाई ५५ रनले पराजित गरेपछि समूह बीबाट एक खेल अगावै स्याङ्जा र नवलपुरले सेमिफाइनलमा स्थान बनाएका हुन्।

समूह चरणको दोस्रो खेलमा २ सय १२ रनको विजयी लक्ष्य पछ्याएको तनहुँ १७.५ ओभरमा १५६ रनमा अलआउट भयो। तनहुँका लागि दिनेश बुढा मगरले ४५ बलमा ९७ रनको अर्धशतकीय इनिङ खेलेपनि जितको लागि प्रयाप्त रहेन। १० चौका र ८ चक्का प्रहार गरेका दिनेश शतक बनाउन ३ रनले चुके। 

तनहुँको लागि आनन्द सुनारले १२ र चन्द्रकान्त पौडेलले १० रन बनाए। खेलको म्यान अफदी म्याच बनेका नवलपुरका कप्तान कमल परियारले ४ ओभरमा १६ रन खर्चेर ४ विकेट लिए। सुदिप अर्यालले २ र सागर डोटेलले १ विकेट लिए।

त्यसअघि टस जितेर पहिले व्याटिङ गरेको नवलपुरले रविन शर्मा र सुदिप अर्यालको अर्धशतकको मद्दतमा २ सय ११ रनको विशाल योगफल बनाएको थियो। रविनले ३९ बलमा ५ चौका र ४ चौकाको मद्धतमा ५९ रन बनाए। १९ बलमा अर्धशतक पुरा गरेका सुदिपले २१ बलमा ६ चौका र ४ छक्काको मद्धतमा ५२ रनको विष्फोटक इनिङ खेलेका थिए।  नवलपुरका प्रनिश अर्यालले १७ बलमा २५ रन बनाए। तनहुँको लागि सन्दीप पराजुलीले ४ ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए। दिनेश बुढा मगरले २ र चन्द्रकान्त पौडेलले १ विकेट लिए।

समूह चरणको दुई खेलमा पराजित हुँदै तनहुँले खाता नखोली प्रतियोगिताबाट बाहिरिएको छ। समूह ‘बी’को विजेता र उपविजेताको लागि बुधबार नवलपुर र स्याङ्जाबीच खेल हुने बागलुङ जिल्ला क्रिकेट संघका सदस्य एवं प्रतियोगिताका मिडिया फोकलपसर्न अभिषेक कटुवालले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.