कार्यसम्पादन मूल्यांकनमा बर्दिया अस्पताल लुम्बिनी प्रदेशकै उत्कृष्ट
गुलरिया : आर्थिक वर्ष २०७९/८० को सम्पादित कार्य प्रगति मूल्यांकनमा बर्दिया अस्पताल लुम्बिनी प्रदेशमै प्रथम भएको छ। प्रदेश अन्तर्गतका १३ वटा अस्पतालमध्ये बर्दिया अस्पताल उत्कृष्ट हुन भएको हो।
लुम्बिनी प्रदेशकै प्रथम बर्दिया अस्पताललाई लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले प्रशंसा पत्रले सम्मान गरेको बर्दिया अस्पतालका प्रमुख डाक्टर सुभाष पाण्डेयले जानकारी दिए।
मूल्यांकन क्रममा अस्पतालले ७४ दशमलव ६१ अंक प्राप्त गरेको छ। बर्दिया अस्पताल गतवर्ष दोस्रो स्थान प्राप्त गरेको थियो। गतवर्ष प्रथम हुन सफल कपिलवस्तु अस्पताल यसवर्ष ७१ दशमलव ७६ अंक प्राप्त गरी दोस्रो बनेको छ।