अदालतले सफाइ दिएपनि प्रहरीले निर्दोषलाई जबरजस्ती थुनामा राखेपछि...

अदालतले सफाइ दिएपनि प्रहरीले निर्दोषलाई जबरजस्ती थुनामा राखेपछि...
तस्बिर : अन्नपूर्ण

अदालतको आदेशमा संस्थापक निर्देशक रामबाबु ,संस्थाका अध्यक्ष सत्यनारायण सिंह,प्रबन्ध निर्देशक लक्ष्मण बाबु कार्की र नरेश महतो कोइरीलाई दोषी ठहर गरेको पाइएको छ। तर,सोही मुद्दामा रामबाबुकी पत्नी सावित्री देवी र छोरा  ज्ञानेन्द्रलाई सफाइ दिएपनि प्रहरीले फेरि पक्राउ गरी मुद्दा चलाएको पाइएको हो ।

जनकपुरधाम : अदालतबाट सफाइ मुद्दामा जिल्ला प्रहरी कार्यालय,धनुषा जनकपुरधामले अनुसन्धानको नाममा २४ दिन थुनामा राखेर यातना दिएको रहस्य सार्वजनिक भएको छ । जिल्ला अदालत धनुषा र उच्च अदालत जनकपुरधामबाट निर्दोष ठहर गरेका महोत्तरीका एक चिकित्सकलाई अनुसन्धानको नाममा २४ दिन थुनामा राखेर मानसिक यातना दिएको पाइएको हो । 

महोत्तरीका गौशाला नगरपालिका-साविक निगौल गाविस -५ का २८ वर्षीय ज्ञानेन्द्र कुमार सिंहलाई अदालतबाट सफाइ पाइसकेको मुद्दामा अर्को मुद्दा दायर गरी बलजफती २४ दिन राखेको घटना बाहिर आएको हो । पीडित सिंह पेशाले चिकित्सक हुन् ।

जनकपुरधाम उप–महानगरपालिका ७ मनमोहन मिश्रको श्रीमती रञ्जना मिश्र र गोदावरी मिश्रको समेतको जाहेरीको आधारमा नेपाल पब्लिक डेभलोपमेन्ट प्लान्टेशन प्रालिका संस्थापक निर्देशक रामबाबु सिंह उनको श्रीमती सावित्री देवी, छोरा ज्ञानेन्द्र सिंहमाथि लागेको ठगी मुद्दामा अदालतले सावित्री र ज्ञानेन्द्रलाई सफाइ दिएपनि प्रहरीले ज्ञानेन्द्रलाई अनुसन्धानको नाममा थुनामा राखेको पाइएको हो । 

अदालतको आदेशमा संस्थापक निर्देशक रामबाबु ,संस्थाका अध्यक्ष सत्यनारायण सिंह,प्रबन्ध निर्देशक लक्ष्मण बाबु कार्की र नरेश महतो कोईरीलाई दोषी ठहर गरेको पाइएको छ। तर,सोही मुद्दामा रामबाबुकी पत्नी सावित्री देवी र छोरा  ज्ञानेन्द्रलाई सफाइ दिएपनि प्रहरीले फेरि पक्राउ गरी मुद्दा चलाएको पाइएको हो ।

धनुषा जिल्ला अलदालतबाट मिति २०७५ अषाढ ४ गते न्यायाधीश वासुदेव पौडेल र उच्च अदालत जनकपुरबाट २०७६ चैत ४ गते न्यायाधीश हरिकुमार पोखरेल र ध्रुवराज नन्दको संयुक्त फैसला आदेशबाट सावित्री देवी र ज्ञानेन्द्रलाई निर्दोष ठहर गरेपनि सोही मुद्दामा पक्राउ गरेर प्रहरीले जबरजस्ती थुनामा राखेका थियो। एउटै मुद्दामा जिल्ला अदालत धनुषा र उच्च अदालतले सफाइ दिएको व्यक्तिलाई पुनः सोही मुद्दामा पक्राउ गरी अनुसन्धानको नाममा प्रहरीले बलजफती गरेको स्पष्ट छ ।

सोही मुद्दामा दोषी ठहर भएका ज्ञानेन्द्रका बुवा रामबाबुको  जिल्ला कारागार जलेश्वरमा कोरोना (कोभिड-१९)को महामारीमा मृत्यु भएको थियो।  बुवा रामबाबुको मत्युपछि सोही प्रतिवादी जनकपुरधाम उप–महानगरपालिका- ७ मनमोहन मिश्रको श्रीमती रञ्जना मिश्र र गोदावरी मिश्रको समेतको जाहेरीले जिल्ला प्रहरी कार्यालय धनुषाले पुनः ठगी मुद्दा चलाएको थियो। यसअघिको मुद्दामा ज्ञानेन्द्रका बुवा रामबाबुको नाम रहेकोमा २०७९ फाल्गुन ३० गते जारी पक्राउ पुर्जीमा रामबाबुको नाम हटाइ छोरा ज्ञानेन्द्र,आमा सावित्री देवी र संस्थाका सत्यनारायण सिंह,लक्ष्मणबाबु कार्कीको नाममा जाहेरी दिइ पुनः सोही ठगी मुद्दा चलाएको हो ।

ज्ञानेन्द्रको परिवार तथा आफन्तललाई जिल्ला प्रहरी कार्यालय धनुषाबाट घटना मिडियामा आए फेरि मुद्दा दर्ता गरेर थुन्नेसम्मको धम्की दिएको घटनाको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताए । उनले भने, ‘हामीले घटना नयाँ होला भनेर नै अनुसन्धान सुरु गर्‍यौं तर घटना पुरानो रहेछ । यही मुद्दामा जिल्ला अदालत र उच्च अदालतले फैसला आदेश समेत गरिसकेको प्रमाणहरु भेटिएको छ । आदेशमा प्रतिवादीहरुलाई दोषी ठहर गरी ज्ञानेन्द्र कुमार सिंह र सावित्री सिंहलाई निर्दोष सावित गरेको प्रमाणहरुले देखाए पनि प्रहरी प्रमुख विश्वराज खडकाको चासोका कारण अदालतको आदेशलाई वेवास्ता गरेको छ ।’ 

नाम नछाप्ने शर्तमाल ती प्रहरी अधिकृतले भने,' एसपी सापको यो मुद्दामा विशेष चासो थियो । अन्य मुद्दामा त्यति धेरै चासो नभएपनि यो मुद्दामा विशेष चासो लिएर हेरिरहनु भएको थियो । कारण हामीलाई पनि थाहा भएन तर उहाँको अस्वभाविक चासोले ज्ञानेन्द्रमाथि मुद्दा चलाउनुमा दह्रो रकमको चलखेल भएको हुनसक्ने कुरालाई नकार्न सकिन्न् । ‘

प्रहरी प्रमुखको हरेक मुद्दामा चासो हुनु स्वभाविक भएपनि अस्वभाविक चासो हुनु तथा अदालतले निर्दोष ठहर गरेको आदेश हुँदाहुँदै पनि अनुसन्धानको नाममा २४ दिन राखिनु शंकास्पद विषय रहेको उनले बताए। 

सोही घटनामा संलग्न एक अर्का अनुसन्धान अधिकृतले भने,‘प्रतिवादी भनिएका ज्ञानेन्द्रको पक्षबाट छाड्न दबाव आएपनि रकमको चलखेलमा अनुसन्धान लम्ब्याउन प्रहरी प्रमुख नै लागेका थिए।  हामीले त माथिको आदेश मान्नै पर्छ । राजनीतिक दबाबले ज्ञानेन्द्रलाई छोड्न भनेपनि ज्ञानेन्द्रलाई अनुसन्धानको नाममा भित्र राख्न मोटो रकमको चलखेल भइरहेको थियो, 'प्रहरी श्रोत भन्छ, ‘सबैलाई थाहा थियो ज्ञानेन्द्र निर्दोष हुन् तर पनि उनलाई छोडन् राजनीतिक दबाब थियो । तर, प्रहरीले मुद्दा चलेपछि अनुसन्धान नगरी छोड्न पनि त मिलेन भन्दै थुनामै राख्न दबाब दिइयो ।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.