दिपावलीमा माटाका भाँडा र दियोको व्यापार (फोटोफिचर)
वीरगन्ज : दिपावली र छठ पूजामा माटाको दियो र भाँडा प्रयोग गर्ने चलन फेरि बढ्दै गएको छ।
केही वर्षसम्म दिपावलीमा विद्युतीय बत्तीको प्रयोगले माटाका दियो र भाडाको प्रयोगलाई विस्थापित गरेकोमा पछिल्ला दुई तीन वर्ष यतादेखि भने फेरि माटाकै दियो भाडाँको प्रयोग बढ्दै गएको कुम्हालेहरू बताउँछन्।
दिपावली र छठ पर्वलाई लक्षित गरी वीरगन्जमा सडकमै ५० भन्दा बढी कुम्हालेहरूले माटाको दियो र भाडाका पसलहरू राखेका छन्।