भूकम्पपीडितका लागि अख्तियारले पदाधिकारीको सातदिन बराबरको तलब दिने

भूकम्पपीडितका लागि अख्तियारले पदाधिकारीको सातदिन बराबरको तलब दिने
सुन्नुहोस्

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूकम्पपीडितको उद्धार, राहत र पुनर्स्थापनाका लागि आर्थिक सहयोग गर्ने भएको छ। अख्तियारका प्रवक्ता भोला दाहालले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितहरूको उद्धार,राहत र पुनर्स्थापनाका लागि आयोगका पदाधिकारीहरूको सात दिन बराबरको तलब रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको जानकारी दिए।

आयोगले भूकम्पमा परी मृत्यु भएकाप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गरेको छ।

गत शुक्रबार राती जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा १५४ जनाको मृत्यु भएको छ।  ३७२  जना घाइते भएका छन्। घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। बिहीबार दिउँसोसम्म २८३ जना घाइते डिस्चार्ज भएको प्रहरीले जनाएको छ। घाइतेमध्ये ८९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

पीडितहरूको उद्धार कार्य र राहत वितरण जारी छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.