बागलुङमा चिनीको मूल्य निर्धारण

बागलुङमा चिनीको मूल्य निर्धारण
फाइल तस्बिर
सुन्नुहोस्

बागलुङ : बागलुङ नगरपालिकाले चिनीको खुद्रा बिक्री मूल्य निर्धारण गरेको छ। नगरपालिकाले तिहार लगायतका चाडपर्वलाई लक्षित गरी चिनीको मूल्य बढीमा १ सय २० रुपैयाँमा तोकेको हो।

बागलुङ नगरपालिकाका उपप्रमुख एवं उपभोक्ता हित संरक्षण समितिका संयोजक राजु खड्काले बजार क्षत्रमा चिनीको अभाव रहेको अवस्थामा प्रधान ब्रदर्श मार्फत खरिद गरिएको चिनीको मूल्य १ सय २० रुपैयाँ निर्धारण गरिएको बताए। 

उनले प्रधान ब्रदर्श मार्फत खरिद गरिएको चिनीलाई बजार क्षेत्र तथा वडा तहसम्ममा बजार व्यवस्थापनमा आवश्यक सहयोग र सहजीकरण गर्न निर्णय गरिएको बताए। 

बजार क्षेत्रभन्दा टाढा रहेका वडाहरूमा बागलुङ नगरपालिकाले ढुवानी सेवा उपलब्ध गराउने उपप्रमुख खड्काको भनाई छ। 

बागलुङमा व्यवसायीहरूले चिनी १३५ रुपैयाँ प्रतिकेजीमा बिक्री गर्दै आएका थिए। नगरपालिकाले बजार अनुगमनका क्रममा व्यवसाय  दर्ता, नविकरण नगरिएको,म्याद गुज्रेका सामानहरू पसलमा भेटिएको, गुणस्तरीय मापदण्ड पुरा नगरेको, मिठाईजन्य खानेकुरा आफुखसी प्याकिङ गरेको, खानेकुराहरूमा रङ मिसावट गरिएको, पसलमा मूल्यसूची नराखिएको, मूल्य तोकिएका सामानको तोकिएको मूल्य भन्दा बढीमा बिक्री गरेको त्रुटिहरू देखिएको उपप्रमुख खड्काले बताए। उनले त्रुटि गर्नेहरूलाई सचेत गराइएको र अन्यथा गरे नियमानुसार हुने समेत जानकारी गराइएको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.