तानसेनमा दुई दिने रोटी महोत्सव सुरु
तानसेन : तिहार भाइटीकालाई लक्षित गरेर परम्परागत कला संस्कृति तथा खानपानको जर्गेना गर्न तानसेनको टक्सारटोलमा दुई दिने रोटी महोत्सव सुरु भएको छ।
पाल्पा उद्योग वाणिज्य संघ, तानसेन नगरपालिका, वडा नम्बर ३ को कार्यालय र मैत्री क्लब तानसेनको आयोजनामा सुरु भएको रोटी महोत्सवमा स्थानीयस्तरमा उत्पादित रोटीहरू फिनी, लाखा, जुम्ली, अनरसा अर्सा, झिनीया, सेल, झर, पाते, लहरा तथा खुर्मा जस्ता विभिन्न रोटीका प्रकारहरू राखिएका छन्।
तानसेनको बजारलाई चहलपहल बनाउन, स्थानीय उत्पादनको बिक्री वितरण बढाउन, स्थानीय स्तरमा रोजगारी बढाउन महोत्सवले सहयोग पुग्ने लुम्बिनी प्रदेशका सभासद एवं पुर्व ऊर्जामन्त्री वीरबहादुर रानाले बताए।