राती १० बजेपछि देउसी-भैलो खेल्न नपाइने

राती १० बजेपछि देउसी-भैलो खेल्न नपाइने
स्याङ्जा जिल्ला प्रशासन । तस्बिर : भवानी अधिकारी।
सुन्नुहोस्

स्याङ्जा : जिल्ला प्रशासन कार्यालय स्याङ्जाले तिहारका बेला खेलिने देउसी भैलो रातको १० बजेसम्म मात्र संचालन गर्न सूचित गरेको छ। सांस्कृतिक कार्यक्रम गर्दा सार्वजनिक यातायात, सामाजिक जीवन र कसैका इच्छा र चाहना विपरितका कार्य नगरी शान्तिपूर्ण वातावरणमा मनाउन समेत अनुरोध गरेको छ। 

भाइचारा र आत्मियताको सम्बन्ध बढाउँदै आ-आफ्ना चाडपर्व, संस्कृति र परम्परा बमोजिम मनाउन र अरुका धर्मसंस्कृतिलाई ठेस पुग्ने कार्य नगर्न नगराउन सुझाव दिंदै स्याङ्जा प्रशासनले अत्यन्त जरुरी सूचना भन्दै ८ बुँदे निर्देशन निकालेको छ। 

निमित्त प्रमुख जिल्ला अधिकारी दिपक पौडेलद्वारा जारी सूचनामा पटका, भूईंचम्पा, अतिसवाजी, विस्फोटक पदार्थ जस्ताको बस्तुको प्रयोग र जुवा, तास र कौडा जस्ता खेलमा निषेध गरिएको छ।

सार्वजनिक स्थलमा मादकपदार्थ सेवन गरी होहल्ला गर्ने, झै-झगडा गर्ने तथा अशान्ति कायम हुने खालका गतिविधि नगर्न, दिपावलीको अवसरमा विजुली तथा मैनबत्ति जस्ता सामग्रीको सावधानी पूर्वक प्रयोग गर्न आग्रह गरेको छ। 

यस्तै सवारी साधनमा झुण्डिएर यात्रा नगर्न-नगराउन, यात्रुसँग बढी पैसा नअसुल्न, बजारमा कृतिम अभाव सिर्जना नगर्न, कालोबजारी नगर्न अनुरोध गर्दै सूचनाको अवज्ञा गरेमा प्रचलित कानून बमोजिम कारवाही गरिने सूचनामा उल्लेख छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.