नजरमा तिमी छाई राख्यौ,
साँच्यौ तिम्ले अरूकै सपना,
सुनिनौ कैले यो दिलको पुकार,
दुनियाँको कुरा पत्याई राख्यौ।
देखेर पनि मलाई चिन्दै नचिन्ने,
चस्मा त्यो कस्तो लगाई राख्यौ ?
ठानेंथें मैले आफ्नै जीवनसाथी
थाङ्नामा पो सुताई राख्यौ !
सुनाएर मलाई तिम्ले मेरै गजल,
दिवाना गजबसित बनाई राख्यौ।