मुगुमा अकुपञ्चर सेवा सुरु
मुगु : मुगुको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा अकुपञ्चर सेवा सुरु भएको छ। राष्ट्रिय आरोग्य दिवसका अवसरमा शनिबारदेखि सेवा सुरु गरिएको हो।
यसअघि कर्णाली प्रदेशअन्तर्गत प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रमा मात्र यो सेवा सञ्चालनमा थियो। यो सेवा केन्द्रबाट निःशुल्क प्रदान गरिने केन्द्र प्रमुख लक्ष्मीप्रसाद पाण्डेले बताए। बिदाका दिनबाहेक अन्य दिन सेवा सञ्चालन गरिने छ। उक्त सेवाको कर्णाली प्रदेशका सासंद एव निवर्तमान उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जीतबहादुर मल्लले उद्घाटन गरे।
अकुपञ्चर सेवा एक पटकमा चारदेखि पाँच जनासम्मलाई दिन सकिने छ। यसअघि हाडर्जोनी तथा नसा रोग बिरामी ५० हजारभन्दा बढी खर्च गरेर काठमाडौं, नेपालगंज र सुर्खेत लगायतका अन्य जिल्लामा जानुपर्ने बाध्यता थियो।