मुस्ताङको थोरङलापासबाट विदेशी नागरिकको उद्धार

मुस्ताङको थोरङलापासबाट विदेशी नागरिकको उद्धार
सुन्नुहोस्

जोमसोम : राउण्ड अन्नपूर्ण चर्कीय पदमार्ग गर्ने क्रममा मनाङबाट थोरङ्पास हुँदै मुस्ताङतर्फ आउँदै गरेका एक विदेशी नागरिकको आइतबार मुस्ताङ प्रहरीले उद्धार गरेको छ। 

अन्नपूर्ण पदमार्गको ट्रेकिङ ट्रेल गर्दै आइरहेको अवस्थामा ४८ वर्षीय नागरिक लरेन्स चन्चोय मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-२ थोरङलापास हाइक्याम्पमा अत्यधिक चिसोका कारण अशक्त भई बिरामी परेका थिए। उनलाई इलाका प्रहरी कार्यालय मुक्तिनाथको प्रहरी टोलीले उद्धार गरेको मुस्ताङका प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले जानकारी दिए।

मुस्ताङको थोरङ्पास हाइक्याम्पमा विदेशी नागरिक अशक्त भई बिरामी परेको सूचना पाएपछि प्रहरी टोली करिब दुई घण्टा पैदल हिँडेर दिउँसो ४ बजे उक्त बिरामी भएको स्थानमा पुगेको थियो। 


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.