मंसिर १५ गतेदेखि किराँत गोल्डकप

मंसिर १५ गतेदेखि किराँत गोल्डकप
सुन्नुहोस्

फिदिम : पाँचथर सदरमुकाम फिदिममा जिल्लाकै सर्वाधिक पुरस्कार राशिको किराँत गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन गर्ने तयारी छ। पाँचथर फुटबल क्लबले ‘प्रथम वाईवाई अन्तराष्ट्रिय किराँत गोल्डकप फुटबल प्रतियोगिता २०८०’ आयोजना गर्न लागेको हो। 

फिदिम माविको खेल मैदानमा मंसिर १५ देखि २३ गतेसम्म गोल्डकप सञ्चालन गर्ने आयोजकले पत्रकार सम्मेलन गरी जनाएको हो।  
प्रतियोगिताको प्रथम पुरस्कार चार लाख चार हजार चार सय ४४ रुपैँया र दोस्रो पुरस्कार दुई लाख दुई हजार दुई सय २२ रुपैँया रहेको आयोजक संस्थाका अध्यक्ष अनुराग केप्छाकी मगरले जानकारी दिए। यो पुरस्कार जिल्लाकै सर्वाधिक राशिको हो। 

प्रत्येक खेलको म्यान अफ दी म्याचलाई पाँच हजार, प्रतियोगिताको उत्कृष्ठ खेलाडीलाई १० हजार र म्यान अफ दी सिरिजलाई २५ हजार नगद पुरस्कार प्रदान गर्ने आयोजकको तयारी छ। 

प्रतियोगितामा नेपाल र भारतका गरी जम्मा ८ टिमले सहभागिता जनाउने भएका छन्। प्रतियोगितामा आयोजक पाँचथर फुटबल क्लब, रेडहर्ष फुटबल क्लब ईलाम, कर्ण सिं सोनाम स्मृति क्बल ताप्लेजुङ, मितेरी फुटबल क्लब तेह्रथुम, हिमालयन शेर्पा क्लब काठमाडौं, रेड हर्ष फुटबल क्लब मोरङ, युनाईटेड फुटबल क्लब दार्जिलिङ र बिर्तामोड युनाईटेड झापा सहभागी हुने निश्चित भएको आयोजकले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.