विप्लबले बनाइदिए साहाराविहीन भूकम्पपीडितका लागि अस्थायी घर

विप्लबले बनाइदिए साहाराविहीन भूकम्पपीडितका लागि अस्थायी घर
सुन्नुहोस्

जाजरकोट : जाजरकोटमा गएको भूकम्पले जाजरकोट नलगाड नगरपालिका-१ चिउरीका कले कामीको घर भत्कियो। घरले आधा शरीर च्यापे पनि गाउँलेको सहयोगमा उनलाई उद्धार गरियो। र, उनी बाँच्न सफल भए। 

तर, उनको एक मात्र साहारा ओत लाग्ने घर नै भत्किएपछि उनी निकै तनावमा थिए। श्रीमतीको यसअघि नै मृत्यु भइसकेको र दुई जना छोरीहरू पनि बिहे गरेर गइसकेपछि ५६ वर्षीय कले एक्लै जिन्दगी कटाइरहेका छन्। उनी बोल्न सक्दैनन्। 

भूकम्पपछि झन समस्यामा रहेको कुरा नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लबको कानमा पर्यो। उनी आफैं  आफ्ना स्वंयमसेवी कार्यकर्ता लिएर उनको घर बनाइदिए। शनिबार बिहानै महासचिव विप्लवले चिया नखाई नै नलगाड नगरपालिका-१ स्थित कले कामीको अस्थायी टहरा (घर) बनाउने कार्यको नेतृत्व गरे। कामीको भत्किएको घरबाट समान हरू निकाल्ने कार्य नेकपा कार्यकर्ताले शुक्रबार नै गरी सकेका थिए। 

काठको अस्थायी टहरा बनाउन महासचिव विप्लव र पार्टीका प्रवक्ता प्रकाण्ड स्वयम् आफैं जुटे एक दिनमै घर तयार भयो। नेपाल कम्युनिस्ट पार्टीले केही त्यहाँ भएको काठ प्रयोग गरे र बाँकी छानोको टिन, बास लगायतका सामग्री आफ्नै लगानीमा लगाएको थियो। नेकपा नेताहरू विप्लव – प्रकाण्ड लगायत सबैले दिनभरि श्रम गरी साँझ तिर बल्ल घरको संरचना तयार भयो। कले पनि पुनर्निर्माणको काममा सबैलाई सघाउँदै थिए र उनी हर्षित पनि देखिन्थे।

महासचिव विप्लवले बनाइएको अस्थायी टहरा आज आइतबार एक कार्यक्रमका बीच कले कामीलाई हस्तान्तरण गरेका छन्। सो क्षेत्रमा महासचिव विप्लवले पीडितहरूलाई राहत वितरण तथा पीडितहरूसँग भेटघाट गरेका छन्। केही समयपछि सोही क्षेत्रमा भूकम्पले भत्किएका घर निर्माण गर्न आफ्नी पार्टीले जनशक्ति परिचालन गरी अरू घरहरू पनि निर्माण गरिदिने बताएका छन्। 

नलगाड-१ चिउरी गाउँमा अहिलेसम्म सबै घरहरू भत्किएका छन् भूकम्पकै कारण उक्त गाउँमा हालसम्म १३ जनाको ज्यान गएको छ। घरहरू भत्किएकै कारण अहिले त्यहाँका सबै मानिसहरू पालमुनि बस्न बाध्य छन्।

जाजरकोट पुगेका विप्लवले आफूले ल्याएको एक ट्रक राहत सामग्री जाजरकोट जिल्ला प्रशासन कार्यालयलाई बुझाएका छन्। त्यसपश्चात विप्लव शुक्रबार राति करिब १० बजे जाजरकोटको नलगाड नगरपालिका-१ चिउरी गाउँमा पुगेका थिए। 

जहाँ नेकपाको दक्षिण कर्णाली ब्युरो समिति केही दिनअघिदेखि नै शिविर राखेर पीडितको उद्धारमा खटिएको थियो। अरू ठाउँ स्वास्थ्य शिविर राखेर आइसकेको नेकपा निकट अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघको डा. प्रकाश सी नेतृत्वको टोली पनि सोही चिउरी गाउँमा घाइते तथा बिरामीको उपचारमा लागेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.