मधेसमा छठको तयारी सुरु

मधेसमा छठको तयारी सुरु

वीरगन्ज : तराई मधेसमा छठ पर्वको तयारी र चहलपहल सुरु भएको छ। कात्तिक महिनाको शुक्ल पक्षको चौथी तिथिका दिनबाट विधिवत् रूपमा सुरु हुने छठ पर्व सप्तमीका दिन बिहानसम्म मनाइन्छ। तराई मधेसमा बस्ने भोजपुरी र मैथली भाषी हिन्दूको प्रमुख पर्व नै छठ पूजा हो। यसपाली छठ पूजा मंसिर ३ गते आइतबारका दिन परेको छ। 

दिपावली सकिएसँगै तराई मधेसमा छठ पूजाको लागि चाहिने पूजन तथा प्रसाद सामाग्री , भाँडावर्तन, लत्ताकपडा इत्यादिको किनमेल सुरु भइसकेको छ। यस्तै नदी, तलाउ , पोखरी लगायतका जलाशय छेउमा छठी माताको मुख्य पूजा आराधना गरिने भएकाले ती स्थानहरूको सरसफाइ र सजावटको काम पनि अहिले जोडतोडका साथ भइरहेको छ।

छठपूजाको मुख्य दिन अर्थात षष्ठी तिथिका दिन साँझ अस्ताउदो सुर्य र सप्तमी तिथिका दिन बिहान उदाउदो सुर्यलाइ अर्घ (पूजाआरधना ) दिने स्थल छठीघाट (नदी, पोखरी , तलाउ इत्यादि जलाशय)को सरसफाइ र सजावटको काम पनि सुरु भइसकेको छ।

पछिल्लो डेढ दशक यता छठीघाटको सरसफाइ र सजावटमा होडबाजी नै देखिएको छ। छठ पूजा मनाउनका लागि वीगरगन्जको घडीअर्वा पोखरी, रानीघाटको सिर्सिया नदी, छपकैया पोखरी, स्विमीङ पुल, नगवा पोखरी, मुर्ली पोखरी, पिपरा, रामगढवा, सिर्सिया, अलौं लगायतका स्थानमा रहेका जलाशयहरूलाई छठीघाटका रूपमा सजाउने काम सुरु भइसकेको छ।

आकर्षक टेण्ट, पण्डाल र झिलीमली बत्ती लगाएर छठीघाट सजावटका लागि मात्रै स्थानीयस्तरमा गठन गरिएका छठ पूजा व्यवस्थापन समितिहरूले लाखौ रुपैयाँ खर्च गर्दै आएका छन्।

छठ पर्वका लागि नेपालमै प्रसिद्ध घडिअर्वा पोखरी पार्कलाई पनि अहिले सजाउने काम तीव्र गतिमा भइरहेको छ। घडीअर्वा छठको सजावटसहित व्यवस्थापनमा मात्रै यस वर्ष १८ लाख रुपैयाँभन्दा बढी खर्च हुने अनुमान रहेको छठपूजा व्यवस्थापन समितिका अध्यक्ष दिलिप साह कानुले बताए। 

बजारमा अहिले छठ पूजाका लागि चाहिने पुजन सामग्री, वस्त्र , फलफूल, तेल, मसला जस्ता खाद्यान्नहरूको पसलमा अहिलेदेखि नै ग्राहकहरूको भीडभाड देखिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.