सस्तोमा मोटरसाइकल मिलाइदिने भन्दै लुटपाट गर्ने २ जना पक्राउ

सस्तोमा मोटरसाइकल मिलाइदिने भन्दै लुटपाट गर्ने २ जना पक्राउ

हेटौंडा : सस्तोमा मोटरसाइकल मिलाइदिन्छु भनेर जंगलमा लगेर लुटपाट गर्ने २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मकवानपुर जिल्ला कैलाश गाउँपालिका-२ का बैकुण्ठ बोट टोलका २५ वर्षीय विशाल मोक्तान र कैलाश गाउँपालिका-२ स्थित खारेटोलका ३१ वर्षीय रुद्र मोक्तान रहेको मकवानपुर प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार गत बिहीबार साढे २ बजेतिर मकवानपुर थाहा नगरपालिका-३ भञ्जाङ डाँडास्थित खाप्चेखोलास्थित जंगलमा विगत एक वर्ष अगाडि काठमाडौंमा घर बनाउने काम गर्ने सिलसिलामा चिनजान भएको विशाल तामाङले सस्तोमा २ सय सीसीको मोटरसाइकल मिलाई दिन्छु भनि ताप्लेजुङका फक्ताङलुङ गाउँपालिका-५ स्थायी घर भई हाल झापा भद्रपुर नगरपालिका-३ बस्ने नरेन्द्र लिम्बुलाई बोलाई लुटपाट गरेको आरोपमा पक्राउ गरिएको हो।

उनीहरूले हतियार देखाएर लिम्बुको साथमा रहेको ३० हजार रुपैयाँसहित एकथान मोबाइल सेट लुटेका थिए। यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.