मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, ४ घाइते

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, ४ घाइते
सांकेतिक तस्बिर।
सुन्नुहोस्

विराटनगर : मोरङमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा बुधबार राति एक जनाको मृत्यु भएको छ। 

दुर्घटनामा परेर चार जना घाइते भएका छन्। बूढीगंगा गाउँपालिका–६ सुक्चरस्थित भित्री सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को ९ प ७८२८ र उत्तरतर्फ जाँदै गरेको को २९ प ६१५९ नम्बरको मोटरसाइकल ठोक्किएर साँझ ७:५० बजेतिर दुर्घटना भएको हो। 

प्रहरीका अनुसार दुर्घटनामा परेर ७८२८ नम्बरको मोटरसाइकलका चालक विराटनगर महानगपालिका–५ का अन्दाजी २६ वर्षीय जितेन्द्र उराउको मृत्यु भएको छ। गम्भीर घाइते भएका उनको उपचारका क्रममा विराट शिक्षण अस्पतालमा राति ८:४० बजेतिर मृत्यु भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपानेले जानकारी दिए। उनका अनुसार उक्त मोटरसाइकलको पछाडि सवार विराटनगर–५ का २५ वर्षीय सुरज उराउ घाइते भएका छन्। 

त्यस्तै, अर्को मोटरसाइकलमा सवार सुनसरीको इटहरी उपमहानगरपालिका–११ का अन्दाजी १६ वर्षीय सनम सरदार, अन्दाजी १५ वर्षीय आकाश सरदार र अन्दाजी ५ वर्षीय राकेश सरदार घाइते भएका छन्। सनम मोटरसाइकल चालक हुन्। सामान्य अवस्थाका सबै घाइतेको विराट शिक्षण अस्पतालमै उपचार भइरहेको छ। 

मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको र दुवै चालकसँग सवारी चालक अनुमति पत्र (लाइसेन्स) फेला नपरेको प्रहरीको भनाइ छ। प्रहरीले घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.