कुटपिट गरेर हत्या गरेको आरोपमा ८ जना पक्राउ

कुटपिट गरेर हत्या गरेको आरोपमा ८ जना पक्राउ
सुन्नुहोस्

गुलरिया : कुटपिट गरेर हत्या गरेको आरोपमा ८ जना पक्राउ परेका छन्। लक्ष्मीपूजाको राति बर्दियाको गुलरिया नगरपालिका-५ स्थित सन्तोषी–सुहेलवा सडकखण्डमा झडपका क्रममा गुलरिया नगरपालिका-६ का २० वर्षीय बरुण घिमिरेको हत्याको आरोपमा ८ जना पक्राउ परेका हुन्।

प्रहरीले घटनाको मुख्य आरोपमा गुलरिया नगरपालिका-६ का २३ वर्षीय सुलभ थापा, २४ वर्षीय धिरज ठाकुर, वडा नम्बर ५ का १९ वर्षीय दिपेश बुढामगर, वडा नम्बर ८ का १९ वर्षीय सन्दिप थारु र दिनानाथ चौधरीलाई नियन्त्रणमा लिएको छ। 

घटनामा सहयोगी भूमिका खेलेको आरोपमा गुलरिया नगरपालिका-६ का १८ वर्षीय रक्षक भनिने रोशन शाह, वडा नम्बर ४ का निश्चल थापा क्षेत्री र ठाकुरबाबा नगरपालिका वडा नम्बर ३ विदुरपुरका २३ वर्षीय तर्क भण्डारीलाई नियन्त्रणमा लिइएको हो। 

पुरानो रिसईबी पोख्न सामूहिक रूपमा कुटपिट गरेको प्रहरीले जनाएको छ। घिमिरेको बर्दिया अस्पतालबाट थप उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा मृत्यु भएको थियो। 

कुटपिटका बेला जोगाउने क्रममा गुलरिया नगरपालिका-६ का २१ वर्षीय मोहित पुन र राजापुर नगरपालिका-६ मनाउका २० वर्षीय रञ्जन कुँवर घाइते भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए। 

घटनास्थलबाट घटनामा प्रयोग गरिएको चक्कु, नोख, चिर्पट दाउरा, हेलमेट फेला परेको उनले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.