काठमाडौंमा छठको रमझम
काठमाडौं : पछिल्ला वर्षहरुमा काठमाडौं उपत्यकामा छठ पर्वको रौनक बढ्दै गएको छ। काठमाडौं उपत्यकाका विभिन स्थानमा छठ पर्व मनाउने तयारीसमेत गरिएको छ। जसका लागि कुपण्डोल, गैरीधारा, कमलपोखरीलगायत क्षेत्रमा बत्ति जडान गरिएको छ भने त्यस क्षेत्रलाई पूर्णरूपले शृंगारिएको छ।
छठ पूजा समितिका अनुसार भोलि आइतबार साँझ राष्ट्रपति, उपराष्ट्रपतिलगायत विशिष्ट व्यक्तिहरुले कुपण्डोलस्थित छठ पुजास्थल पुगी छठी माताको दर्शन तथा पूजा आराधना गर्ने कार्यक्रम छ। छठ पर्वको मुख्य दिन भोलि साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइन्छ भने त्यससको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ समापन गरिन्छ।