चितवन : चितवनको नारायणघाटमा ब्रतालुहश्रले उदाउँदो सूर्यलाई अर्घ्य दिएका छन्। उनीहरुले उदाउँदो सूर्यलाई गाईको दूधसहितको अर्घ्य दिएपछि आजबाट पर्व समापन गरेका हुन्। नारायणी नदि किनारमा भक्तजनको ठूलो भीड लागेको थियो।
छठपूजामा सूर्य भगवान र छठी मातालाई पूजापाठ र अर्घ्य दिनका लागि गहुँ वा चामलको पिठोबाट ठेकुवा, भुसवा, किसानबाट उत्पादित अदुवा र बेसारको हरियो बेर्ना, ज्यामिर, नरिवल, सुन्तला, केरा, स्याउ, पानीसिंगडा, सुथनी, उखु, सुन्तला, स्याउ, सुन्तला लगायतका फलफूल पनि चढाइएको छ।
कात्तिक शुक्ल षष्ठी र सप्तमीका दिन सूर्यलाई विशेष विधिपूर्वक अर्घ्य दिएर छठ पर्व मनाइन्छ।