उदाउँदो सूर्यलाई अर्घ्य अर्पण (फोटोफिचर)
काठमाडौं : सोमबार बिहान उदाउँदो सूर्यलाई भोरुका अर्घ्य अर्पण गरेपछि छठपर्व सम्पन्न भएको छ। हिजोसाँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरि सन्ध्या अर्घ्य अर्पण गरे झैँ आज बिहान थापाथलीको बागमती नदीको किनारमा पुगेर व्रतालुले अर्घ्य अर्पण गरेका हुन्। ब्रतालुहरु घाट (पूजास्थल) मा नै राति जाग्राम बसेका थिए। व्रत नबसेकाहरुले पनि उदाउँदो सूर्यको पूजा गरेका छन्।
सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने पर्वका रुपमा छठ मनाइन्छ। सूर्य र जलको शक्ति तथा महत्त्व झल्काउने यस पर्वमा सफा र चोखो हुनुपर्ने तथा शुद्ध खाने कुरा खानुपर्ने मान्यता छ।
छठ पर्व मनाउनेहरूले पोखरीको डिल र नदीतटको सरसफाइ गरेर पूजास्थल बनाउँछन्।