बैतडीमा जात्राको रौनक : तीन स्थानीय तहमा आज सार्वजनिक बिदा

बैतडीमा जात्राको रौनक : तीन स्थानीय तहमा आज सार्वजनिक बिदा
सुन्नुहोस्

बैतडी : बैतडीमा जात्राको रौनक छाएको छ। कार्तिक शुक्ल पक्षमा लाग्ने जात्रा करिब आधा दर्जन शक्ति पिठहरुमा सुरु भएको छ। जात्राकै अवसरमा स्थानीय तहहरुले सार्वजनिक बिदा समेत दिएका छन्। 

जिल्लाको पाटन नगरपालिका- २ स्थित महारुद्र मन्दिरमा सोमबार रातिदेखि सुरु भएको जात्रा मंगलबार पनि दिउँसेडी जात्रा लागेको छ। सोही अवसरमा पाटन नगरपालिकाले मंगलबार सार्वजनिक बिदा दिएको छ।

डिलासैनी गाउँपालिका- ५ स्थित कफलासैनी मन्दिरमा मंगलबार जात्रा लाग्दै छ। सोही अवसरमा गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ। 

शिवनाथ गाउँपालिकाको प्रसिद्ध शिवनाथ धाममा लाग्ने सोमबार र मंगलबार जात्रा लाग्दै छ। सोही अवसरमा शिवनाथ गाउँपालिकामा सोमबार र मंगलबार सार्वजनिक बिदा दिएको गाउँपालिकाका अध्यक्ष कर्ण सिंह साउँदले जानकारी दिए। 

यसैगरी जिल्लाको दशरथचन्द नगरपालिका - ८  स्थित प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिरमा बुधबार भव्य जात्रा लाग्दै छ। सोही जात्राको अवसरमा बुधबार दशरथचन्द नगरपालिकामा सार्वजनिक बिदा दिइएको छ। 

मेलौलीमा रहेको प्रसिद्ध मेलौली भगवती मन्दिरमा कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन बलिसहित जात्रा लाग्दैछ। 

यसैगरी सुर्नया गाउँपालिका–५ स्थित फाल्ङासैनी भगवती मन्दिरमा कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन जात्रा लाग्दै छ। स्थानीय तहले पालिकाको पहिचानसँग जोडिएका मेला पर्वमा सार्वजनिक बिदा दिनु उपयुक्त ठानेर दिइएको जनाएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.