किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
गुलरिया : किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा गेरुवा गाउँपालिकाका ४० वर्षीय पुरुष रहेका छन्।
ललाइफकाई गोठ तथा विभिन्न स्थानमा १५ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको उजुरीका आधारमा युवकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए।
घटनाका बारेमा थप अनुसन्धान गरिरहेको डीएसपी अर्यालले बताए।