‘हामी हिंसाको बाटो जादैनौं, जनताको बल प्रयोग गरेर अगाडि बढ्छौं’

एमालेका नीतिसँग सहमत नभएसम्म कसैसँग एकता हुँदैन : ओली

एमालेका नीतिसँग सहमत नभएसम्म कसैसँग एकता हुँदैन : ओली

ओलीले प्रतिगमनतिर जानका लागि सरकारले​​​​​​​अनुकुल वातावरण तयार गरेको र प्रतिगामी शक्तिलाई उठ्ने मौका दिएको समेत आरोप लगाए।

काठमाडौं : नेकपा एमालेका अध्यक्ष  केपी शर्मा ओलीले एमालेका नीतिसँग सहमत नहुनेसँग एकता नहुने बताएका छन्। ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले एमालेको नीति र संगठनको सुप्रिमेसीलाई खुलस्त स्वीकारेर समाहित भएमात्र एकता गर्न सकिने धारणा राखेका हुन्। 

विगतमा एकताको अनुभव हासिल गरिएको बताउँदै उनले दुई वटा अध्यक्ष राखेर पार्टी एकता हुन नसक्ने प्रष्ट पारे। उनले भने,‘हामीले आफ्नो शक्ति बनाएर अगाडि बढ्नुपर्छ। बैसाखी टेक्ने, लौरो टेक्ने भन्ने हुँदैन, आफैँ बलियो बन्नुपर्छ। एमालेका उद्देश्यलाई केन्द्रमा राखेर अगाडि बढ्नुपर्छ।’

null

उनले वामपन्थी एकता सुन्दा राम्रो सुनिएपनि अरुका स्वार्थका लागि काम गर्नेसँग एकता हुन नसक्ने स्पष्ट पारे। पार्टी एकता अर्कोले पनि आवश्यकता छ भन्ने ठानेपछि मात्र एकता हुने उनको भनाई छ। ओलीले झण्डा र व्यानर जति भएपनि नेपालमा प्रगतिशिल शक्ति र दक्षिणपन्थी गरी दुईथरी शक्ति मात्र रहेको उल्लेख गरे। ओलीले एकताको मन्त्र जपेर मात्रै पार्टी एकता नहुने स्पष्ट पारे।  

पूर्वप्रधानमन्त्री ओलीले आफू सरकारमा हुँदा संसदबाट सर्वसम्मत रुपमा नयाँ नक्सा जारी गर्नुका साथै कार्यकालमा गरेका कामसमेत स्मरण गराए।

ओलीले एमाले देश बनाउने पार्टी भएकाले अनुशासित सक्रियता आवश्यकता रहेको बताए। उनले ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि संकल्प यात्रा’अभियान सकेर आएपश्चात शान्तिपूर्ण ढंगले आन्दोलनकारी ढंगले अगाडि बढ्ने स्पष्ट पारे। उनले भने,‘हामी हिंसाको बाटो जादैनौं। गम्भीर छलफल गर्छौैं। मैदानमा उत्रिन्छौं। जनताको बल प्रयोग गरेर अगाडि बढ्छौं, जनता सार्वभौम हुन्। देशलाई यस्तो अस्थिर अवस्थामा बस्न दिँदैनौं।’

ओलीले प्रतिगमनतिर जानका लागि सरकारलेअनुकुल वातावरण तयार गरेको र प्रतिगामी शक्तिलाई उठ्ने मौका दिएको समेत आरोप लगाए।

null


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.