८ जना फरार प्रतिवादी पक्राउ

८ जना फरार प्रतिवादी पक्राउ
सुन्नुहोस्

उदयपुर : जिल्ला अदालत उदयपुरले गरेका फैसला कार्यान्वयनका क्रममा प्रहरीले ८ जना फरार प्रतिवादी पक्राउ गरेको छ। 

मुद्दा सञ्चालनका क्रममा र फैसला पछि फरार रहेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय र मातहतका युनिटबाट खटिएको विशेष टोलीले पक्राउ गरेको हो। पक्राउ परेका ८ जनालाई अदालतमा उपस्थिति गराई कारागार चलान गरिएको प्रहरी प्रमुख एसपी रमेश थापाले बताए। 

उनका अनुसार ज्यान मार्ने उद्योगमा चौदण्डिगढी नगरपालिका-२ का ३१ वर्षीय मानबहादुर कालिकोटे, सवारी ज्यानमा वडा नम्बर १ का २१ वर्षीय सूर्य परियार, एक बालक, लागूऔषध मुद्दामा ताप्ली गाउँपालिका-१ का २४ वर्षीय लेखबहादुर मगर रहेका छन्। 

मानबहादुरलाई ४ वर्ष ११ महिना, सूर्य र बालकलाई १ वर्ष ११ महिना ८ दिन र लेखबहादुरलाई ११ महिना ५ दिन कैद र ५ हजार जरिवाना सजाय तोकिएको उनले बताए। 

त्यसैगरी वन मुद्दामा १८ दिन कैद सजाय तोकिएका त्रियुगा नपा-७ का ५३ वर्षीय प्रकाशबहादुर दनुवार, ३ दिन सजाय तोकिएका सोही ठाउँका ४५ वर्षीय सन्तबहादुर दनुवार रहेका छन्। 

प्रहरीले कुटपिट मुद्दामा एक सय जरिवाना सजाय तोकिएका चौदण्डी नपा- ९ का २६ वर्षीय चोकमान तामाङ र ३३ वर्षीय मरिचमान तामाङ रहेको बताएको छ। प्रहरीले अदालतको फैसलालाई कार्यान्वयन तहमा पुर्‍याउन अभियान नै सञ्चालन गरेको एसपी थापाले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.