मुस्ताङमा २ विदेशीसहित ४ पदयात्री सम्पर्कविहीन, खोजी कार्य जारी

मुस्ताङमा २ विदेशीसहित ४ पदयात्री सम्पर्कविहीन, खोजी कार्य जारी
फाइल तस्बिर।
सुन्नुहोस्

जोमसोम : मुस्ताङमा २ विदेशी नागरिकसहित ४ जना पदयात्री सम्पर्कविहीन रहेका जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ। डोल्पाबाट मुस्ताङ जिल्ला प्रवेश गरेको भन्ने सूचना प्राप्त भए पनि उक्त पदयात्रीहरु सम्पर्कमा आउन नसकेका जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक मिलनबहादुर विकले जानकारी दिए।

ईटालीयन नागरिक ४५ वर्षीया एरियाना रेजिस र स्वीजल्याण्डका नागरिक ५५  वर्षीय मार्को ग्याजोला सम्पर्कविहीन रहेका सूचना मुस्ताङ प्रहरीलाई बिहिबार साँझ ५ बजे प्राप्त भएको प्रहरी निरीक्षक विकले बताए। 

प्रहरी निरीक्षक विकका अनुसार सम्पर्कविहीन २ जना विदेशी नागरिकसहित ४ जना पथप्रदर्शक छन्। जिल्ला प्रहरी कार्यालय मुस्ताङको समन्यवमा हाईअल्टिच्यूड हेली मार्फत बिहिबार साँझ खोज तलास गरे पनि उनीहरु रहेको स्थान पत्ता लाग्न नसकेको बताइएको छ।

मुस्ताङका प्रहरी प्रमुख डिएसपी भोजराज पाण्डेको कमाण्डमा जिल्ला प्रहरी कार्यालयको टोलीले हेली मार्फत सर्च अप्रेशन गरेको तर  सम्पर्कविहिन रहेका पर्यटकहरु रहेको स्थान पत्ता लाग्न नसकेको प्रहरी निरीक्षक विकको भनाइ छ।

प्रहरी स्रोतलाई डोल्पाबाट मुस्ताङ प्रवेश गरेको भन्ने सूचना प्राप्त भएको र पर्यटकको जिपिएस  लोकेशन ट्यापिङ गर्दा मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका—२ घमी खोला नजिक देखिएको छ। प्रहरीले अहिले पनि बेपत्ता विदेशीसहित गाईडहरुको खोजीकार्य जारी रहेको जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.