स्रोत नखुलेको ८ लाख रुपैयाँसहित दुई जना पक्राउ
महोत्तरी : सम्सी गाउँपालिका-५ स्थित सीमावर्ती क्षेत्रबाट प्रहरीले शुक्रबार दिउँसो ८ लाख १० हजार रुपैयाँसहित २ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सम्सी गाउँपालिका-३ का २८ वर्षीय रमेशकुमार साह र रामगोपालपुर नगरपालिकाका ३२ वर्षीय अनिल चौधरी रहेका छन्।
उनीहरू चढेको मधेस प्रदेश ०२–००६–प १६२१ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा स्रोत खुल्न नसकेको सो रकम फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
प्रहरीले चेकजाँचका क्रममा १ हजार दरका ५ सय २२ थान र ५ सय दरका ४ सय ३६ थान तथा १ सय दरका ५ सय २० र ५० दरका ३ सय ७८ थान नोट बरामद गरेको छ ।