हेटौंडा र पाँचपोखरी बीच भगिनी सम्बन्ध कायम

हेटौंडा र पाँचपोखरी बीच भगिनी सम्बन्ध कायम
सुन्नुहोस्

हेटौंडा : मकवानपुरको हेटौंडा उपमहानगरपालिका र सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ। 

शुक्रबार सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा आयोजित समारोहमा दुई स्थानीय तहबीच भगिनी स्थापित गरिएको हो।

हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामा र पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले भगिनी सम्बन्ध कायम गर्ने सहमतीपत्रमा हस्ताक्षर गरे। 

दुई पालिकाका बीच आपसमा असल अभ्यास, कार्य सम्पादनका सवालमा सिकाइ लगायतका विषय आदानप्रदान गर्नका लागि भगिनी सम्बन्ध कायम गरिएको हेटौंडा उपमहानगरपालिकाका प्रमुख लामाले बताइन्। 

आगामी दिनमा एकले अर्को पालिकालाई सहयोग गरी अघि बढ्नका लागि भगिनी सम्बन्धलाई प्रभावकारी ढंगबाट अगाडी बढाइने प्रमुख लामाको भनाइ छ।

आगामी दिनमा दुवै पालिकाका कार्यपालिका सदस्यहरुबीच आपसी छलफलमार्फत सहकार्य, सहयोगात्मक अभियानका गतिविधीलाई अगाडी बढाइने हेटौंडा उपमहानगरपालिकाका वित्त व्यवस्थापन महाशाखा प्रमुख तथा उपनिर्देशक अनिरुद्र नेपाल बताउँछन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.