अन्तर्राष्ट्रिय माउन्टेन क्रसकन्ट्री : टिम इभेन्टमा पोखरा पहिलो

अन्तर्राष्ट्रिय माउन्टेन क्रसकन्ट्री : टिम इभेन्टमा पोखरा पहिलो
सुन्नुहोस्

पोखरा : नेपाली र चिनियाँ खेलाडीबीच पोखरामा भएको क्रसक्रन्ट्रीअन्तर्गत ४० किलोमिटरको अन्तर्राष्ट्रिय माउन्टेन क्रसकन्ट्रीमा टिम पोखरा पहिलो भएको छ। पोखराको फेवाताल किनार बाराहीघाट नजिकबाट सुरु भएको दौड, साइक्लिङ र डुंगा दौड प्रतिस्पर्धामा पोखराका सुमन कुलुङ, इन्द्रकला नेम्वाङ र रमेश लिम्बू सम्मिलित टोली पहिलो भएका हुन्। 

२२ किलोमिटर दौड, १७ मिलोमिटर साइक्लिङ र एक किलोमिटर डुंगा दौडको निर्धारित दूरी सुमन कुलुङ र रमेश लिम्बूले ३ घण्टा ४२  मिनेट ४९ सेकेन्डमा पार गरे भने इन्द्रकलाले ३ घण्टा ४२ मिनेट ५० सेकेण्डमा पूरा गरिन्। तीन जनाको टिममा कम्तीमा एक जना महिला अनिवार्य गरिएको थियो। 

नेपाल ट्रायथलन संघको टोली दोस्रो भयो। ट्रायथलनका वसन्त थारुले ३ घण्टा ५२ मिनेट ३१ सेकेन्ड, मुकेश थारुले ३ घण्टा ५२ मिनेट ४१ सेकन्ड र शेरेबी महर्जनले ३ घण्टा ५२ मिनेट ४६ सेकेन्डमा दूरी पूरा गरे। त्रिभुवन आर्मी क्लबका श्रीकाश राई, तिलक सुनार, केशरी थापा मगरको टिम तेस्रो भयो। ३८ किलोमिटर दौडमा नेपाल आर्मीका होमबहादुर श्रेष्ठ पहिलो, आर्मीकै बेदबहादुर सुनार दोस्रो र तीर्थ तामाङ तेस्रो भए। महिलातर्फको प्रतिस्पर्धामा जुम्लाकी मञ्जु रावत पहिलो, ओखलढुंगाकी पदमाकुमारी सुनार दोस्रो र चीनकी झेङ जुन्युले तेस्रो स्थान हात पारिन्। 

प्रतियोगितामा सहभागी हुन चिनियाँ खेलाडीसहितको ९५ जनाको टोली बिहीबार जहाज चार्टर गरेर चीनको कुनमिङबाट पोखरा आएका थिए। नेपालका लागि चिनियाँ राजदूतावास काठमाडौं, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको आयोजनामा मैत्रीपूर्ण दौड प्रतियोगिता आयोजना भएको हो। 

४० किलोमिटर क्रसकन्ट्रीमा पहिलो हुनेले तीन लाख ६० हजार, दोस्रोले दुई लाख ८८ हजार र तेस्रो हुनेले तीन लाख १६ हजार रुपैयाँ पाए। व्यक्तिगत स्पर्धाका विजेताले क्रमशः एक लाख ४४ हजार, एक लाख आठ हजार र  ५४ हजार रुपैयाँ पुरस्कार पाए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.