बस दुर्घटनामा घाइते भएकालाई निःशुल्क एम्बुलेन्स सेवा

बस दुर्घटनामा घाइते भएकालाई निःशुल्क एम्बुलेन्स सेवा
सुन्नुहोस्

उदयपुर : बस दुर्घटनाबाट घाइते भएका बिरामीको उपचार सेवालाई प्रभावकारी बनाउन नेपाल नेत्र ज्योति संघ उदयपुर र मदन भण्डारी आँखा अस्पतालले निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ। 

शनिबार पिकनिक खाएर फर्कँदै गरेको स्कुल बस दुर्घटनामा घाइते भएका ३७ जनाको आर्थिक अवस्थालाई मध्यनजर गरी संघ र अस्पतालले निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने प्रतिवद्धता जनाएका हुन्। 

संघ तथा अस्पतालका अध्यक्ष भागवत राउतले सामाजिक आर्थिक अभावले एम्बुलेन्स लैजान नसकेर उपचार सेवा प्रभावित नहोस् भन्ने हेतुले मानवीय सहयोग स्वरूप निःशुल्क सेवा प्रवाह गरिएको बताए। उनले विपत्तिमा परेका नगरबासीको उपचारमा तदारुकता देखाउन समेत स्थानीय सरकारलाई आग्रह गरेका छन् । 

उनले भने, ‘एकै घरका दुई सन्तान अनी आफन्त गुमाउनुको पीडालाई मानवीय मलमपट्टी लगाउन आफ्नो हैसियत अनुसार सकेको सहयोग गर्नसमेत सबैलाई आग्रह गर्दछु। आर्थिक अभावकैकारण बिरामीलाई सुविधायुक्त अस्पताल लैजान ढिला हुँदा ज्यान जान सक्छ, तसर्थ विपत्तिमा कसैले आर्थिक समस्या झेल्नु नपरोस् भन्नका खातिर यस्तो निर्णय लिएका हौं।'

शनिबार उदयपुरगढी गाउँपालिका-७ अँधेरी झर्ना नजिक पिकनिक खाएर फर्कँदै गरेको अन्नपूर्ण सेकेन्डरी बोर्डिङ स्कुलको प्र–०५–००१–ख–००४४ नम्बरको बस अधेरी झर्ना नजिक दुर्घटना हुँदा एकै परिवारका दुईसहित तीन जनाको ज्यान गएको हो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.