घलेम्दीको हकप्रद ६.७ प्रतिशत सब्स्क्राइब
काठमाडौं : घलेम्दी हाइड्रोको हकप्रदमा ७ हजार ४ सय ३ सेयरधनीले आवेदन दिएका छन्। आइतबारदेखि निष्कासन भएको सेयरमा ती आवेदकले ७ करोड ४२ लाख ४२ हजार ८ सय रुपैयाँ बराबरको ७ लाख ४२ हजार ४ सय २८ कित्ताका लागि आवेदन दिएका हुन्।
कम्पनीले १ बराबरको २ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्दैछ। कुल १ अर्ब १० करोड रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड १० लाख कित्ता हकप्रद सेयरमा कात्तिक ३ अघि कायम सेयरधनीले आवेदन दिन पाउनेछन्। हकप्रदमा पुस १ गतेसम्म आवेदन दिन सकिनेछ। हालसम्मको तथ्यांकअनुसार हकप्रद ६.७ प्रतिशत सब्स्क्राइब भएको हो।
हकप्रद निष्कासनका लागि गराएको रेटिङ कम्पनीलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले आईआरएन सिंगल बी इस्युअर रेटिङ प्रदान गरेको थियो। अर्थात् समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम छ।