अवैध लागूऔषधसहित ७ जना पक्राउ

अवैध लागूऔषधसहित ७ जना पक्राउ
सांकेतिक तस्बिर।

काठमाडौं : प्रहरीले अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ७ जना पक्राउ गरेको छ। बाँकेको नेपालगंज उपमहानगरपालिका-१५ जमुनाह चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय  मिलिग्रामसहित वडा नम्बर १८ का सन्तोष बिष्टलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।  

यसैगरी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-३ तातोपानीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्रामसहित सोही ठाउँ बस्ने कालिकोट रानीत्रिवेणी गाउँपालिका-५ घर भएका ३० वर्षीय विश्वराज बम समेत ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार कर्णाली प्रदेश लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो। 

गाँजासहित ३ जना पक्राउ

यता बझाङको खप्तडछान्ना गाउँपालिका-७ गोर्खाली बस्ने ६४ वर्षीय खडक खड्काको घरबाट अवैध लागूऔषध गाँजा ९१ केजी ५ सय १५ ग्रामसहित खड्का समेत ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ प्रहरीका अनुसार पक्राउ पर्ने अन्य २ जनामा गोरखा अजिरकोट गाउँपालिका-२ बस्ने ३८ वर्षीय सन्तोस गुरूङ र पर्सा सुकौली पटौली गाउँपालिका-९ लक्ष्मीपुर बस्ने ५५ वर्षीय राम बहादुर गुरूङ रहेका छन्।

जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उक्त घर तलासी गर्दा उक्त परिमाणको गाँजा, प्लाष्टिकको बाटा ५ थान, डिजिटल तराजु १ थान, कैँची २ थान, ब्लेड १ थान, कार्टुन टेप ३ थान, ब्रस १ थान, रबर पोका १ थान लगायतका सरसामानहरूसहित उनीहरूलाई पक्राउ गरेको हो।               

प्रहरीले सबै घटनाको आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.