सेयर बजारमा झिनो अंकको गिरावट
काठमाडौं : सेयर बजारमा झिनो अंकको गिरावट आएको छ। ४७ अंकको उच्च सुधारपछि नेप्से परिसूचक लगातार दोस्रो दिन ओरालो लागेको हो।
साताको तेस्रो दिन नेप्से २.१७ अंकले घटेको छ। परिसूचक ०.११ अंकले ऋणात्मक भएर १८९४.५३ अंकमा कायम हुँदा सेन्सिटिभ इन्डेक्स ०.८६ अंकले घटेर ३६१.८५ अंकमा ओर्लिएको छ। यसदिन कारोबारमा आएका १ सय २६ कम्पनीको सेयरमूल्य घट्दा १ सय २ वटाको बढे। यसैगरी ११ कम्पनीको भाउ यथावत रहे।
सबैभन्दा बढी बुद्धभुमी नेपाल हाइड्रोको लगानीकर्ताले कमाए। कम्पनीको सेयर मुल्य ९.९७ प्रतिशतले बढ्दा मन्दाकिनी हाइड्रो, तारागाउँ रिजेन्सी, अभियान लघुवित्त र श्वेतगंगा हाइड्रोका लगानीकर्ता सर्वाधिक गुमाउनेको शीर्ष ५ मा अटाए।
यसैगरी नारायणी विकास बैंकको मूल्य सर्वाधिक घटेको छ। बैंकको लगानीकर्ताले ५.३३ प्रतिशत गुमाउँदा मिड सोलु हाइड्रो, विजय लघुवित्त, आरम्भ चौतारी लघुवित्त र कालीका पावर कम्पनीको मूल्य सर्वाधिक घट्नेको शीर्ष ५ मा अटायो।
नेप्से घट्दा कारोबार रकम झन् घटेको छ। सोमबार १ अर्ब ७५ करोडको सेयर किनबेच भएकाले मंगलबार १ अर्ब २८ करोड २ लाख २८ हजार ९ सय ७१ रुपैयाँको कारोबार भएको छ। दिनभर ४७ हजार ३ सय ३३ कारोबारमार्फत् २ सय ९० स्क्रिप्टका ४७ लाख २७ हजार ९ सय २ कित्ता सेयर किनबेच भए।
सबैभन्दा बढी सोनापुर मिनिरल्सको ८ करोड ४९ लाख र सोल्टी होटल्सको ६ अर्ब ५८ करोडको सेयर किनबेच भयो। दिनभर उतारचढाव आएको बजारमा समूहगत उपसूचक मिश्रित देखिए।
नेप्से घट्दा लगानीकर्ताको कुल सम्पत्ति ३ अर्बले घटेर २९ खर्ब २१ अर्ब ६ करोड रुपैयाँ कायम भएको छ।