भूकम्प पीडितलाई एकमुष्ट ५० हजार दिन सरकारलाई कांग्रेसको आग्रह, देउवाको अभिव्यक्ति तोडमोड गरिएकोमा आपत्ति

भूकम्प पीडितलाई एकमुष्ट ५० हजार दिन सरकारलाई कांग्रेसको आग्रह, देउवाको अभिव्यक्ति तोडमोड गरिएकोमा आपत्ति
सभापति शेरबहादुर देउवा। फाइल तस्बिर

काठमाडौं : नेपाली कांग्रेसले भूकम्प पीडितलाई किस्ताबन्दीमा ५० हजार दिने निर्णयप्रति आपत्ति जनाएको छ। पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा भएको पदाधिकारी बैठकले भूकम्प पीडितलाई एकमुस्ट ५० हजार दिन सरकारको धन्यानाकर्षण गराएको हो।।

पार्टीको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले सरकारले निकासा गरेको ५० हजार रुपैयाँ अझै पीडित पाउन नसकेको बताए। 'कांग्रेसबाट सहभागी मन्त्रीहरूले सरकारले निकासा गरेको रकम अझै पीडितले नपाएको ब्रिफिङ गर्नुभयो। यस्तो चिसो मौसममा अस्थायी आवास निर्माणका लागि किस्ताबन्दीमा दिने कुराहरू आएको छ। कांग्रेस त्यसको पक्षमा छैन। पीडितलाई एकमुष्ट ५० हजार दिन ध्यानाकर्षण गराउँछौं,' सञ्चारकर्मीसँग उनले भने।
पछिल्लो समयमा देशमा भइरहेको गणतन्त्रविरोधी प्रदर्शनहरूबारे पनि बैठकमा छलफल भएको विश्वकर्माले बताए। 'कांग्रेसकै नेतृत्वमा संविधान जारी  भएको हो। हामी सधैं संविधानको पक्षमा छौं,' उनले भने।

उनले सभापति देउवाले धर्म निरपेक्षताका विषयमा छलफल गर्न सकिने अभिव्यक्तिलाई तोडमोड नगर्न आग्रह गरे। उनले देउवाले त्यहाँ उपस्थित समुदायलाई सम्बोधन गर्दा धर्म निरपेक्षताको कुरा उठेको बताए। 'त्यहाँ विभिन्न समुदायका मानिसहरू सहभागी थिए। त्यस्तो बेला उहाँ (सभापति)ले त्यसखालको अभिव्यक्ति दिनुभएको हो। हामी पूर्णतः संविधानको पक्षमा छौं,' उनले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.