लागुऔषध दुर्व्यसनीविरुद्ध महोत्सव

लागुऔषध दुर्व्यसनीविरुद्ध महोत्सव
सुन्नुहोस्

नारायणगढ : चितवनमा १२ हजार जना लागुऔषधका सक्रिय प्रयोगकर्ता छन्। लहैलहैमा लागेर कुलतमा फसेकाहरूलाई पुनःस्थापनका लागि सरकारले बजेट सुनिश्चित गरेको हुँदैन। 

नारायणी नदी किनारमा लागुऔषध दुर्व्यसनीविरुद्धको चितवन नारायणी महोत्सव सञ्चालन गरिएको हो। लागुऔषध प्रयोगकर्तालाई परामर्शबाट पुनःस्थापितका लागि सहयोग जुटाउन महोत्सव गरिएको हो। लागुऔषध दुर्व्यसनीविरुद्धको प्रभावकारी माध्यम बनेको छ। विपन्नताको कारण उपचारबाट विमुख लागुऔषधको प्रयोगकर्ताको सहयोगका लागि महोत्सव गरिएको हो।

लागुऔषधबाट मुक्त गराएर पुनःस्थापित गराउनका लागि अभियान गरिएको मुख्य आयोजक रिकभरिङ युनाइटेज प्रालीका संस्थापक अध्यक्ष मनोज घिमिरेले बताए। ‘समाजलाई नशामुक्त बनाउने अभियानलाई महोत्सवमा जोडेका हौं,’ उनले भने, ‘आर्थिक अभावले उपचार नपाएका विपन्नलाई सहयोग जुटाउन लागेका हौं।’

आर्थिक अभावका कारण लागुऔषधको उपचार नपाएकाको सहयोगार्थ महोत्सव गरिएको हो। एक जनाको उपचार प्रक्रिया पूरा गर्न ६ महिनामा एक लाख २० हजार खर्च हुन्छ। महोत्सवबाट करिब ३० जनाको उपचार गर्ने लक्ष्य राखिएको छ। स्टलमा दुर्व्यसनमा फसेका र तिनका परिवारका सदस्य पुगेका छन्। उनीहरूलाई विज्ञ र पहिला लागुऔषध प्रयोग गरेर छोडेकाहरूले परामर्श दिने गरिएको छ। 

दुर्व्यसनीविरुद्धको सहयोगका लागि गरिएको यो पहिलो महोत्सव हो। ‘आर्थिक अभावले उपचार पाएका छैनन्। महोत्सवबाट हुने नाफा उनीहरूका लागि उपचार खर्च हो,'  रिकभरिङ नेपालका अध्यक्ष रविनकुमार श्रेष्ठले भने, ‘एक जनालाई उपचार गराउन एक लाख २० हजार खर्च हुन्छ। करिब ३० जनालाई उपचारपछि पुनःस्थापित गराउने लक्ष्य छ।’

महोत्सवमा एक सय ९३ वटा स्टल छन्। महोत्सवमा कृषि, पर्यटन, औधोगिकका स्टल छन्। दैनिक पाँच हजारदेखि २५ हजार दर्शकले अवलोकन गरेको आयोजकले जनाएको छ। महोत्सवमा प्रयोजक खोजिएको छैन। दैनिक आउने कलाकारले गीत संगीतसँगै सन्देश दिएर जाने आयोजक औधोगिक शान्ति नेपालका अध्यक्ष सन्दीप महतले बताए। 

‘फरक खालको उद्देश्यमा हामी जोडिएका हौं। १५ वर्षको अनुभवमा यो पहिलो हो। कलाकारको सन्देश नै प्रभावकारी छ। कुलतबाट निस्कन र निकाल्न महोत्सव फलदायी हुने विश्वास छ,' उनले भने। महोत्सवमा आएका कलाकारले दर्शकलाई लागुऔषध विरुद्धको सचेतना बाढ्छन्। लागुऔषधको दुर्व्यसनीमा नलाग्न आग्रह गर्छन्। 

'फरक चाहनाले दुर्व्यसनीमा फसेका घटना छन्। पुनःस्थापनाका लागि आर्थिक पाटोले असर गरेको छ,' महोत्सव संयोजक पिङ्गलराज पन्तले भने, ‘आर्थिक अभावले धेरैले उपचार पाएका छैनन्। उनीहरूकै सहयोगका लागि महोत्सव गरिएको हो।’ मंसिर ६ गतेबाट सुरु गरिएको महोत्सवमा ६० जना कलाकार सहभागी छन्। 

चितवनमा २१ वटा पुनःस्थापना केन्द्र छन्। भरतपुर महानगरमा १५ वटा छन्। अरुभन्दा फरक देखाउन, परिवारबाट टढा रहेका, जीवनमा कुनै लक्ष्य प्राप्त गर्न नसकेर निराश बनेकाहरू लागुऔषधमा लाग्ने गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.