चाडपर्वको मौकामा गैंडा मार्ने योजना, ८ जना पक्राउ

चाडपर्वको मौकामा गैंडा मार्ने योजना, ८ जना पक्राउ
सुन्नुहोस्

चितवन : गत कात्तिकमा चितवन राष्ट्रिय निकुञ्जमा गैंडाको खाग तस्कर गर्ने पक्राउ परेका छन्। गैंडाको खागसहित पक्राउ परेका ८ जनालाई निकुञ्जले बिहीबार सार्वजनिक गरेको छ।

खाग बिक्री गर्न लागेको अवस्थामा योजनाकार, शिकारी र बिक्री वितरण गर्ने आठमध्ये मंसिर ९ गते ६ जना र ११ गते दुई जना चितवनको राप्ती नगरपालिकाबाट पक्राउ परेका हुन्। दुई वटा गैंडाको खागसहित एउटा भरुवा बन्दुक, बिँड नभएको बन्चरो, गुलेली, भाँडाकुडासहित बन्दोवस्तिका सामान, दुई वटा पल्सर मोटरसाइकल बरामद गरिएको छ।

गैंडा तस्करका मुख्य योजनाकार मकवापुरको हेटौंडा उपमहानगरपालिका ३ लेबर्ट बस्ने ३३ वर्षीय रमेश खातीसहित तस्करमा संलग्न आरोपमा ८ जना पक्राउ परेका हुन्। खातीले खाग बिक्री वितरणमा सक्रिय थिए। गैंडा मार्ने सिकारी राप्ती नगरपालिका ११ थाकलटारका पासाङ भनिने ४२ वर्षीय आइते सिंह मोक्तान र गैंडाको खाग बिक्री वितरण र सहेयोग गरेको आरोपमा हेटौंडा उपमहानगरपालिका ४ बस्ने मकवानपुरको राकसिराङ गाउँपालिका ९ का ४४ वर्षीय समसेर थिङ पक्राउ परेका छन्।

उनीहरूलाई चितवनको राप्ती नगरपालिका ६ बाट गत मंसिर ९ गते पक्राउ गरिएको हो। चितवन राष्ट्रिय निकुञ्जमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको थियो। पत्रकार सम्मेलनमा विभागका महानिर्देशक डा. सिन्धुप्रसाद ढुंगाना, नेपाल प्रहरीका अनुसन्धान अधिकारी एसपी नवराज अधिकारीसतिहको टोली सहभागी भएर तस्कर पक्राउको घटनाबारे जानकारी गराएको थियो।

‘अहिले बयान लिइएको छ। यीमध्ये सात जना अघिललो रेकर्डमा देखिएको छैन। अन्यत्र के छ त्यो हेर्दैछौं,’ महानिर्देशक ढुंगनाले भने, ‘घटना दुःख भयो। तर संलग्न मान्छो छिटै पक्राउ हुनु सफलता मिलेको छ। थप क्षति हुन नदिन चनाखो भएका छौं।’ 

त्यस्तै मंसिर ९ गते नै गैंडाको खाग तसकरका मुख्य योजनाकार मानिएका मनहरी गाउँपालिका ६ नयाँ वस्तिका थिङ बाजे भनिने सिताराम थिङ, सिकारी मनहरी गाँउपालिका ७ ज्यामिरे घर भएर माडीको बाँदरझुला बस्दै आएका ५६ वर्षीय इन्द्रबहादुर तामाङ र चितवनको राप्ती नगरपालिका ११ थाकलटारका ४० वर्षीय उनबहादुर स्याङ्तान पक्राउ परेका छन्। 

खाग बिक्रीमा सहयोगी मानिएका हेटौंडा उपमहानगरपालिका ५ बस्ने रोल्पा सुनछहारी गाँउपालिका-६ फगामका २८ वर्षीय अर्जुन रोका, गोराखाको बारपाक घर भई भरतपुर महानगरपालिका ११ लामा टोल बस्दै आएका घले भनिने ७७ वर्षिय धनबहादुर गुरुङ पनि पक्राउ परेका छन्। ‘करिब २० दिनको अवधिमा यिनीहरूले योजना बनाएर गैंडा मारेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। चाडपर्वको मौका छोपेर गैंडा मारेका हुन्,’ अनुसन्धानमा खटिएका नेपाल प्हरीका एसपी नवराज अधिकारीले भने, ‘योजनाकारले पैसा आउने प्रलोभन देखाएर मान्छे जम्मा गरेको देखियो। अरु पैसाको लोभमा लागेर गैंडा मारेको घटनाले देखाएको छ।’

सौराहा सेक्टरअन्तर्गत खगेन्द्रमल्ली पोस्टबाट साढे तीन किलोमिटर दक्षिणपूर्व चपरचुली क्षेत्रमा गैडा मारेर खाग लगेका थिए। तस्करले अन्दाजी १८ र छ वर्षका पोथी गैंडालाई खाल्डोको धराप बनाएर मारेका खाग काटेर लगेका थिए। निकुञ्ज प्रशासन, नेपाली सेना र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले तस्कर पक्राउ गरेको हो। गैंडा मारिएको १० दिनपछि गत कात्तिक ३० गते निकुञ्ज र सेनाको गस्ती टोलिले फेला पारेको थियो। 

वन तथा वातावरण मन्त्रालयले घटनाको छानबिनको लागि  राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक बेदकुमार ढकालको संयोजकत्वमा गठित समिति गठन गरेको थियो। समितिले मंसिर १२ गते विभागका महानिर्देशक डा. सिन्धुप्रसाद ढुंगानालाई प्रतिवेदन बुझाएको छ।

नेपालमा सात सय ५२ र चितवन राष्ट्रिय निकुञ्जमा ६ सय ९४ गैंडा रहेका छन्। पछिल्लो दश महिनामा चितवन राष्ट्रिय निकुञ्जमा तस्करबाट चार वटा गैडा मारिएका छन्। अघिल्लो वर्ष पनि तस्करले दुई वटा गैडा मारेका थिए। गत वर्ष माघ ६ गते नवलपुरको मध्यविन्दु नगरपालिका-२ नारायणी किनारमा करेन्ट लगाएर मारेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.