माछापुच्छ्रेमा संरक्षण चित्रकला

माछापुच्छ्रेमा संरक्षण चित्रकला
अन्नपूर्ण संरक्षण क्षेत्रको आयोजनामा कास्कीको माछापुच्छ्रे गाउँपालिकाको टुसे गाउँमा सोमबारदेखि भएको दुई दिने संरक्षण चित्रकला यात्रामा चित्र बनाउँदै कलाकार। तस्बिर : कृष्णमणि बराल।
सुन्नुहोस्

पोखरा : वरिष्ठ कलाकार दुर्गा बरालले आफूले बालककालमा देखेको सुन्दर माछापुच्छ्रे हिमाल पछिल्लो समय हिउँ घट्दै गएकाले सौन्दर्य पनि घटेको भन्दै चिन्ता व्यक्त गरेका छन्।  

अन्नपूर्ण संरक्षण क्षेत्रले सोमबार आयोजना गरेको कास्कीको माछापुच्छ्रे गाउँपालिकाको टुसे गाउँमा दुईदिने संरक्षण चित्रकला यात्रामा सहभागी हुन पुगेका कलाकार बरालले माछापुच्छ्रे हिमाल पोखराको प्रमुख सौन्दर्य रहेको तर पछिल्लो समय हिमालमा हिउँ कम हुँदै गएको बताए। 

पोखराको प्रमुख आकर्षण माछापुच्छ्रेलगायतका हिमाल कालापत्थरमा परिणत हुँदै जानु नेपालकै गौरव हिमालहरू जोखिममा पर्ने अवस्था तिर गएको भन्दै बरालले चिन्ता व्यक्त गरे। 

अर्का अग्रज कलाकार गोपाल श्रेष्ठले पहिले माछापुच्छ्रे हिमाल हेर्दै चित्र कोर्दा सौन्दर्य देखाउन बाक्लो हिउँ भएको क्षेत्रलार्ई पनि अलिअली चट्टान देखाउन कालो रंग पोत्ने गरेको तर अहिले माछापुच्छ्रेमा हिउँ कम भएर कालो हुँदै गएपछि कालापत्थरमा परिणत भएको भागलार्ई सेतो रंग भरेर चित्रमा हिउँको मात्रा थप्नुपर्ने अवस्था सिर्जना भएको बताए। 

संरक्षण चित्रकला यात्रा २०८० मा सहभागी १९ कलाकारले गुरुङ गाउँ टुसेमा बसेर गाउँबाट देखिने माछापुच्छ्रे, अन्नपूर्ण हिमालको अवलोकन मात्र गरेनन् जस्ताको तस्तै हिमालको चित्र कोरे। 

हिमालमा हिउँ घट्दै गरेकोमा चिन्ता व्यक्त गरे। 

कला चित्रयात्रामा ८१ वर्षका वरिष्ठ कलाकार दुर्गा बरालदेखि २१ वर्ष उमेरका युकेश नेपाली सहभागी थिए। चित्रकला यात्रामा अग्रज कलाकारहरू यादवचन्द्र भुर्तेल, गोपाल श्रेष्ठ, बुद्धि गुरुङलार्ई सम्मान गरिएको थियो। चित्रकलामार्फत संरक्षणमा योगदान दिएको भन्दै अग्रज कलाकारहरूलार्ई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना प्रमुख डा. रबिन कडरियाले कलाकारहरूलार्ई सम्मान गरेका थिए। 

२०४३ सालमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना स्थापना भएपछि यस क्षेत्रमा संरक्षणमा उपलब्धि हासिल भएको कडरियाले बताए। संरक्षण क्षेत्रमा जंगल दुई प्रतिशत बढेको पनि उनले सुनाए। स्थानीय समुदायमा संरक्षण गर्नुपर्छ भन्ने जागरण बढेको उनले बताए। 

संरक्षण र पर्यटन सँगसँगै यस क्षेत्रमा पर्यटकको आगमन पनि बढ्दो क्रममा रहेको उनले सुनाए। यो वर्ष नोभेम्बर महिनसम्म १ लाख ७० हजार पर्यटकले संरक्षण क्षेत्रको भ्रमण गरिसकेको र  यो वर्ष अहिलेसम्म कै सबैभन्दा धेरै पर्यटक संरक्षण क्षेत्रमा आउने देखिएको उनले सुनाए। ९० भन्दा बढी विद्यालयमा संरक्षण शिक्षा चलेको र चित्रकलामार्फत प्रकृति, वन्यजन्तु संरक्षणको सन्देश दिने उद्देश्यले चित्रकला यात्रा हुँदै आएको उनले सुनाए। 

राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाद्वारा सञ्चालित प्रकृति विज्ञान संग्रहालयका प्रमुख तथा संरक्षण चित्रकला यात्राका संयोजक रमेश श्रेष्ठले प्रकृतिको महत्वलार्ई उजागर गरेर संरक्षणमा प्रेरित गर्ने उद्देश्यले २०४९ सालदेखि सुरु भएको कलायात्रा आगामी वर्षहरूमा पनि निरन्तर अघि बढ्ने बताए।   

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.